सिन्धुली । सोमबार विपी राजमार्गमा हायस दुर्घटना भएको छ । दुर्घटनामा परि चालक सहित १२ जना गम्भिर घाईते भएका छन ।
दोलखा मालुबाट काठमाडौँतर्फ जादै गरेको बा ३ ख ४६१२ नम्बरको हायस विपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका ५ मुलकोटमा दुर्घटना भएको हो । आफै अनियन्त्रीत भइ दुर्घटना हुदाँ चालक सहित ३ जना गम्भिर र ९ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गाडी चालक दोलखा मेलंग गाउँपालिका ८ का ३४ वर्षिय कुल नारायण श्रेष्ठ, दोलखा मेलुग गाउँपालिका ७ बस्ने ६३ वर्षिय भवानी प्रसाद भण्डारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका ६ की २१ वर्षिय गिस्मा खत्री गम्भिर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको छ ।
यस्तै दोलखा मेलुङग गाउँपालिका ७ का २० वर्षिय बाबु काजि खड्का, दोलखा मेलुङग गाउँपालिका ८ का ३० वर्षिय चुडामणि बस्नेत र दोलखा मेलङग गाउँपालिका ५ की २१ वर्षिय रन्जिता मगर, दोलखा मेलुङग गाउँपालिका ६ का ३३ वर्षिय सन्तोष श्रेष्ठ लगाएत घाइते भएको प्रहरीले जनाएको छ । गाडीमा चालक र सहचालक सहित जम्मा १५ जना सवार रहेका थिए । गाडी सडकको दायाँ साइडको नालामा ठोक्किएर पल्टिएको थियो ।



















