सिन्धुली । नेकपा एमाले कमलामाई नगर कमिटीले वडा भेला तथा सम्मेलन तिव्रगतिमा अगाडि बढाएको छ । संगठन निर्माण गर्ने र पार्टीको आन्तरिक जीवनलाई मजबुद बनाउनका लागि अभियानका रुपमा पार्टी तथा भातृसंगठनहरु निर्माण गर्ने अभियान थालेको हो ।
यहि अभियान स्वरुप शनिबार कमलामाई नगरपालिका वडा नं. १२ को कवासेमा वडा भेला सम्पन्न भएको छ । एमालेका वडा अध्यक्ष ओम प्रसाद दाहालको अध्यक्षता तथा वाग्मति प्रदेशसभा सदस्य तथा एमाले नेता विनोद कुमार खड्काको प्रमुख आतिथ्यता, नेकपा एमालेका कमलामाई नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भेलाले वडा कमिटी पुननिर्माण गर्नुका साथै अखिल नेपाल महिला संघ गठन गरेको छ ।
ओम प्रसाद दाहालको अध्यक्षतामा ३१ सदस्यीय पार्टी कमिटी निर्माण गरिएको छ । जसको उपाध्यक्षमा गिता कुमारी बस्नेत, सचिवमा सुमित्रा आले मगर र सहसचिवमा कुल बहादुर वललाई चयन गरिएको छ ।
यस्तै भेलाले विष्णुकुमारी आलेको नेतृत्वमा ४१ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा शान्ति कुमारी आले, सचिवमा कल्पना राना, सह सचिव हेमकुमारी ठकुरी र कोषाध्यक्षमा डम्बर कुमारी सिंदाली चयन भएका छन ।
यस्तै भेलाले गणेश आलेको संयोजकत्वमा ३१ सदस्यीय राष्ट्रिय युवा संघ वडा कमिटी गरेको छ । यस्तै भेलाले असोज महिना भरीमा टोल कमिटिहरु निर्माण गरि सक्ने निर्णय समेत गरेको छ ।





















