सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १२ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि ४४ जना नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार कनपा १२ को कवासेमा भएको नेकपा एमालेको वडा भेलामा उनीहरु एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमालेका वडा अध्यक्ष ओम प्रसाद दाहाल (नरेश) का अनुसार नेपाली कांग्रेसका शेषराज घिमिरेको नेतृत्वमा १९ जना र नेकपा माओवादी केन्द्रका निरोज घिमिरेको नेतृत्वमा २५ जना एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमालेका नेता एवम् वाग्मति प्रदेश सभा सदस्य विनोद खड्का, एमालेका जिल्ला उपसचिव तथा कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले उनीहरुलाई अविर खादा सहित सम्मान गर्दै पार्टी प्रवेश गराएका छन ।




















