सिन्धुली । बाग्मति सरकारको सिन्धुलीको मरिणमा एकीकृत शहरी विकास कार्यक्रम लागु गर्ने भएको छ । जसका लागि आर्थिक वर्ष २०७८÷०७९ को प्रस्तावित बजेटमा उक्त योजनालाई समेटिएको छ ।
‘साना शहरःरमणीय क्षेत्रमा बस्ने हामी सबैको रहर’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सिन्धुलीको मरिणलाई समेत विकास गर्ने गरि बजेट ल्याएको हो । शहरको सौन्दर्यीकरण र एकीकृत शहरी विकास कार्यक्रम गर्न आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेटमा उल्लेख गरेका छन ।
मरिणसँगै बाग्मति प्रदेशमा धादिङको सल्यानटार, काभ्रेपलाञ्चोकको भकुण्डेवेशी, रसुवाको रसुवागढी भन्सार नाका, दोलखाको जिरी शहरका लागि बजेट विनियोजन गरिएको ढुंगेलले बताएका छन ।





















