सिन्धुली । मंगलबार बाग्मति प्रदेश सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । बजेटमा सिन्धुली अस्पताल सहित प्रदेश मातहतका ३ वटा अस्पतालमा मृगौला रोगीका लागि निशुल्क डायलासिस सेवा विस्तार गरिने उल्लेख गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेट सार्वजनिक गर्दै सिन्धुली अस्पताल, धादिङ अस्पता र त्रिशुली अस्पतालमा निशुल्क डायलासिस सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरेका छन ।
यस्तै प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिएको छ । जुन सिन्धुली जिल्लामा समेत लागु भएको छ ।
यस्तै कोभिड १९ को खोप सबै नागरिकलाई पु¥याउन २ अर्व बजेट विनियोजन गरेको छ । कोभिडका कारण आमाबुवा दुवै गुमाएका सन्तानलाई मासिक ३ हजार शैक्षिक तथा सामाजिक सुरक्षाभत्ताको व्यवस्था समेत गरेको छ । जुन बजेट स्थानीय तहको समन्वयमा कार्यान्वयन गरिने गरि ल्याईएको छ ।




















