सिन्धुली । जिल्ला सहकारी संघ सिन्धुलीको अध्यक्षमा कृष्णराज केसी सर्वसम्मत अध्यक्षमा चयन भएका छन । शुक्रवार भएको २७ औं साधारणसभा तथा अधिवेशनबाट केसी सर्वसम्मत नेतृत्वमा आएका हुन ।
उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसको उपाध्यक्षमा बाल कुमारी श्रेष्ठ, राम बहादुर बिश्वकर्मा, महासचिवमा नवराज कोइराला, सचिवमा निर्मल रम्तेल, कोषाध्यक्षमा बिमला थापा, सदस्यहरुमा नवराज गजुरेल, धन बहादुर भुजेल, सावित्रा पौडेल, देव बहादुर बुढाथोकी, राधा कार्की, यज्ञ बहादुर आचार्य, खडानन्द तिमल्सिना, टिकाजंग थापा र कृञ्जमणी बराल चयन भएका छन ।





















