सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज न.पा.५ हिमालटोल बस्ने बर्ष २६ को शैलेस कर्ण रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
राजविराजबाट काठमाडौतर्फ जाँदै गरेको बा.५.ख. ३६१ नम्वरको हायसमा चेकजाँच गर्दा हाईसमा सवार ९ नं. सिटमा हातमा बोकी ल्याएको अवस्थामा लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।
कर्णले पछाडि भिर्ने रातो कालो रङको झोला भित्र रहेको सेतो रङको पिठोको बोरामा पोका पारी लुकाई छिपाई ल्याएको डाईलेक्स–डि.सि नामक कोरेक्स लागुऔषध १६ बोतल, ,प्यास्टिकमा पोको पारि स्टिज लगाएको सुकेको १० ग्राम लागु–औषद गाँजा र नाईट्रोभेट ट्याब्लेट ३ वटा (गोटी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।
जिल्लाको कमलामाई नगरपालिका वडा न–९ भिमान चेक पोईन्टमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा कर्णलाई नियन्त्रणमा लिएको उनले बताए ।




















