सिन्धुली । सिन्धुलीमा शुक्रबारदेखि व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । शान्तिनगर व्याड्मिन्टन समूहको आयोजनामा खुला ब्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा सुरु भएको हो ।
निजामति कर्मचारीहरुले आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएकोे नेपाल निजामति कर्मचारी संगठनका सचिव पदम मगरले बताए ।
प्रतियोगिताको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग वहादुर खत्रीले उद्घाटन गरेका छन । खेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र यसले शारिरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कमलामाई नगरपालिका–६ का उज्ज्वल कुमार थापाले आफ्नो वडा भित्र हुने यस्ता खेलकुद आयोजनामा आफ्नो समर्थन रहने भन्दै खेललाई आफ्नो सहयोग रहने बताए ।
कार्यक्रममा जिल्ला खेलकुद संघका अध्यक्ष खड्ग रजन, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका सिन्धुली अध्यक्ष तिलक कार्की, नेपाल पत्रकार महासंघका सचिव विदुर पौडेल लगायतको अतिथि र खेलाडीहरुको उपस्थिति रहेको थियो ।





















