• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चरित्र हत्या : कसरी राजनीतिक मुद्दा ?

बिमला पाण्डे by बिमला पाण्डे
पुस १५, २०७७
in Featured, Opinion
0

Share via:

281 Shares
  • Facebook 281
  • Twitter
  • LinkedIn
  • More

लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ गलत प्रवृतिको विरोध गर्नु तर व्यक्तिगत चरित्र हत्यालाई सुन्दर विषय कसैले भन्छ भने त्यो मुर्खता हो । बिचार फरक हुन सक्छ, आस्था फरक हुन सक्छ वा आफ्नै धारभित्रको पनि हुन सक्छ । राजनीति गर्नेहरुले ब्यक्ति केन्द्रीत र ब्यक्तिको चरित्र हत्या हुने नारा लगाउने कार्यलाई सहि वा उच्च कोटीको काम भनेर सम्मान गर्न सकिन्न । यो दुःखद, भत्र्सनायोग्य, लाचार र घृणित विषय हो ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि चरित्र हत्याको प्रयास गरिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिमाथि लगाईएका चारित्रिक आरोपका कुनै आधार छैनन । प्रधानमन्त्री तथा मन्त्री परिषद र संसदले पास गरेका विद्येयकलाई प्रमाणीकरण गर्ने बाहेक स्वविवेकीय अधिकार नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छैन । यो नितान्त प्रधानमन्त्री, संसद र राजनीतिक दलसँग जोडिएको विषय हो ।

बिमला पाण्डे

संसद विघटनपछि देशको राजनीतिक माहोल एकाएक आन्दोलनमय भएको छ । संसद पुनस्र्थापनाको माग गर्नु राजनीतिक हिसावले उचित माग होला ? संविधानको मर्म र भावनाको व्याख्या हुने, कानुनी उपचार खोज्ने सबै मुद्दा राजनीतिक वा कानुनी मुद्दा हुन । तर सोहि विषयसँग जोडेर आन्दोलनरत दलका कार्यक्रममा राष्ट्रपति विरुद्ध चरित्र हत्या हुने गरि आएका नारा र अभिव्यक्ति गलत छन ।

प्रधानमन्त्रीसँग जोडेर प्रेमको प्रचार गर्नु, सिन्दुर खोज्नु, प्रधानमन्त्रीको मृगौला फेरिएको विषयलाई महिलाको स्वभावसँग तुलना गर्नु आम नेपाली महिलाप्रति गरिएको अपमान हो । राष्ट्रपति महिला भएका कारण र प्रधानमन्त्रीलाई मृगौला महिलाले दिएका कारण त्यसलाई राजनीतिक मुद्दा बनाईएका र गरिएका अनर्गल प्रचार राजनीतिक नेतृत्वका राजनीतिक मुद्दा हुन सक्दैनन ।

आदर्श नेता मदन भण्डारीकी धर्मपत्नि समेत रहनु भएकी विद्यादेवी भण्डारीको चरित्र हत्याले उनको परिवारमात्र हैन सिंगो नेपाली महिलाहरुलाई दुःखी बनाउनुपर्ने हो । राजनीति बाहिरका यस्ता मुद्दालाई लिएर सडकमा लगाइएका नारा राजनीतिक विषय हैनन । प्रधानमन्त्रीको मृगौलासँग जोडिएको विषयमा उनकी भाञ्जीको मृगौला राजनीतिक मुद्दा हैन ।

यी विषय नितान्त नेपाली महिलामाथि लगाईएका आक्षेप हुन । राष्ट्राध्यक्षमाथि लगाईएको आरोप सिंगो नेपाली महिलामाथि लगाईएको आरोप हो । राजनीतिमा भ्रष्ट्राचार मुद्दा हुन सक्छ ? सरकारले काम नगरेका विषय मुद्दा हुन सक्छन तर चरित्र हत्याको हतियार तल्लो स्तरको मानसिकताको उपज हो ।

ती नारा लगाउनेहरु महिला पनि छन र पुरुष पनि छन । राजनीतिक दलका शिर्ष नेताहरुले नै नेतृत्व गरिरहेको आन्दोलनको नारा र त्यो नियन्त्रण नगरि बढावा दिने नेताको चरित्र के सहि थियो त ? अनि महिलाको अपमान हुने जुलुसमा सहभागि महिला नेताले यहि हेरेर बस्ने हो ? तपाईहरु कुन मानसिकताले त्यस्ता दलको पछाडि मौन भएर लागिरहनु भएको छ ? यो महिला नेतामाथिको प्रश्न पनि हो ।

उच्च वा आधारभूत तह जहाँ जो छ सम्मान पूर्वक बाँच्न पाउने अधिकार त राज्यले ज्ञारेन्टी गरेको छ । संविधानको प्रस्तावना र मौलिक हकमा लेखिएको छ । त्यो कानुन बनाउन तपाईहरु नै बस्नु भयो । आज त्यहि नारा सडकमा किन लगाईयो ? चरित्र हत्या गर्ने, अपमान गर्ने अधिकार के संविधान र कानुनसम्मत थियो ? महिलालाई गिराउनका लागि लगाईएका चारित्रिक आरोपले राजनीतिक स्तरको मापन गरिरहेको छ यतिवेला । यो मापन महिला, पुरुष जो भए पनि दुवै खाले नेतृत्वको मुल्यांकन हो । राजनीतिक एजेण्डामा महिलाको चरित्र जोड्नु र विकाउन खोज्ने सोंच राख्नु पितृसतात्मक सोंचको उपज हो । यस्ता काम निन्दनीय काम हुन ।

महिलालाई हराउन राजनीतिमा यो वा त्यो तवरबाट चरित्रसँग जोडिएका उदाहरण धेरै देखिदै आएको छ । यसको प्रतिरोध हुन नसक्दा आज पनि यस्ता मुद्दा सडकमा आइरहेका छन् । यो भन्दा बढी चरित्र हत्या सामाजिक सञ्जालमा देखिएको छ । सामाजिक सञ्जाल, युटुवमा आएका विषय, गाली गलौज सुन्न र हेर्न नसकिने खालका छन । बलत्कार जस्तो फौजदारी मुद्दाको विषयलाई नारा बनाईएको छ । जुन शब्दलाई हल्का बनाईएको छ त्यसले बलत्कार पीडितहरुलाई आजित बनाएको छ । आज ती पीडितहरुका न्यायका लागि लडिरहेकाहरुको मन कुँडिएको छ ।

नेतृत्वमा पुगेका महिलाहरुका हाउभाउ, हिडाई, बोलाई, लुगा लगाई, भेटघाटलाई चरित्रसँग जोडेर मुद्दा बनाइन्छ । जुन सामाजिक वा राजनीतिक क्षेत्र वा जुनसुकै क्षेत्रमा देखिएको छ । यो राजनीतिक प्रभाव हो र महिलालाई पछि पार्ने अस्त्र नेपाल जस्ता देशमा चरित्र नै देखेको पाइन्छ । उच्च ओहोदामा बसेको होस वा समाज, परिवारभित्र । तल्लो स्तरको यहि मानसिकताले महिलालाई अगाडि आउन वाधा पु¥याईरहेको छ ।

सडकमा महिला विरुद्धका भाषण र नारावाजीले कस्तो खालको सन्देश र संस्कार दिन खोजेको हो ? तपाईहरु जस्ता नेतृत्वले जनस्तरसम्म कस्तो शिक्षा सिकाउन अभ्यास गर्नु भएको हो ? के तपाईंहरुका श्रीमति, छोरी, बुहारी, आमाहरुलाई पनि यसरी नै अर्को व्यक्तिसँग सार्वजनिक रुपमा चरित्र हत्या गरेको तपाईहरुले सहन सक्नुहोला ?

लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ गलत प्रवृतिको विरोध गर्नु तर व्यक्तिगत चरित्र हत्यालाई सुन्दर विषय कसैले भन्छ भने त्यो मुर्खता हो । बिचार फरक हुन सक्छ, आस्था फरक हुन सक्छ वा आफ्नै धारभित्रको पनि हुन सक्छ । राजनीति गर्नेहरुले ब्यक्ति केन्द्रीत र ब्यक्तिको चरित्र हत्या हुने नारा लगाउने कार्यलाई सहि वा उच्च कोटीको काम भनेर सम्मान गर्न सकिन्न । यो दुःखद, भत्र्सनायोग्य, लाचार र घृणित विषय हो ।

एक पटक यस्ता नारावाजी लगाउने भाषण गर्ने नेताले आफ्ना परिवारका सदस्यलाई कसैले त्यो स्तरको नारावाजी गर्दा राजनीतिक, सामाजिक क्षेत्रमा आउन देलान ? के राजनीतिक दलका नेताले आफ्ना श्रीमति, छोरीहरुलाई हिंसा नगरि बस्नु भएको छ ? के तपाईहरु सबै नेपाली महिलाको अपमान हुने गरि सडकमा कुर्लिदा बलात्कार, हत्या, हिंसामा परेका महिलाले तपाईहरुबाट न्यायको आशा गर्लान ?

सडक र सामाजिक सञ्जालमा आरोप लगाउनेले यो जवाफ दिने की ? दलित, जनजाति, महिलाहरुलाई अपमान हुने गरि गरिने भाषण र नारावाजीले तपाईहरुको भविष्य सुनिश्चित होला ? अपांगता भएका व्यक्तिहरुको आत्मसम्मान ख्याल गर्नु भएको छ ? तपाईहरुका नारा केवल भोटका लागि हुन । अब त भोट पनि दिन नहुने र पदमा पु¥याईरहनुपर्ने पनि तपाईहरुको हैसियत बाँकी रहेन । यसरी महिला विरुद्ध सडक र सार्वजनिक स्थानमा बोल्ने महिला होस वा पुरुष भोट हाल्न आवश्यक छैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सभ्य राजनीतिक संस्कार नहुनेले कसैको पनि भलो गर्दैन । यदि भोट माग्दा महिलाका नारा ल्याए भने आम नागरिकले सोध्नुहोस तपाईले जीवनकालमा महिला, बालबालिकामाथि हिंसा गर्नु भएको छ की छैन ? बुझ्नुहोस उनीहरुको आचरण व्यवहार । अनि मात्र भोट दिनुहोस । महिलाको भोटको दुरुपयोग नगरौं । जसले बोल्दा त महिलाको सम्मान गर्न सक्दैन भने के सत्तामा पुगेपछि सम्मान गर्ला ?

त्यसैले महिलाको चरित्र हत्या राजनीतिक मुद्दा हैन र हुन सक्दैन । यो महिलामाथि गरिएको राजनीतिक, मानसिक हिंसा हो, अपमान हो । अतः सडकमा नारा लगाउनेहरुको तर्फबाट त्यसको नेतृत्वले यसको पूर्ण जिम्मेवारी लिन आवश्यक छ र यस्ता नारा लगाउन र भाषण गर्न छोड्नुपर्ने बेला भएको छ । यस्ता मुद्दालाई आफ्ना विषय बनाएर गलत संस्कार, प्रवृतिका विरुद्ध नआउने महिलालाई पनि आम नेपाली महिलाले वहिस्कार गर्नुपर्ने बेला आएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दिनभर नेकपा पार्टी कार्यालयमा सुरक्षा

Next Post

कमलामाईले थाल्यो विना व्याजको ऋण लगानी

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied