सिन्धुली । नेपाल रेडक्रस सोसाइटी माडीबजार उपशाखाले विश्व रक्तदान दिवसको अवसरमा रक्तदान गरेको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन अवधिमा रगतको अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस भनी उपशाखाको संयोजनमा रक्तदान कार्यक्रम गरिएको हो ।

बन्दाबन्दीले नियमित रुपमा हुने रक्तदान कार्यक्रम, क्याम्पहरु संचालन हुन नसकिरहेको अवस्थामा रगतको अभाव हुन नदिन रक्तदान गरिएको थापाले बताए । मानवीय संवेदनालाई ख्याल गर्दै रक्तदान गरिएको उपशाखाका सचिव गोवर्धन राज श्रेष्ठले बताए ।

लकडाउनको समयमा कोरोना भाईरसको कारण रक्तदाताहरु आकस्मिक रक्तसंचार केन्द्रमा आई रक्तदान गर्न आब्हान गर्न नसकिरहेको अवस्थामा अत्यावश्यक रगतको अभाव हुन नदिन विभिन्न संघ संस्था, सहकारी, उपशाखाहरु स्वेच्छीक रक्तदाताहरुले गरेको हातेमालो र सहयोग प्रति रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले आभार व्यक्त गरेका छन् ।



















