सिन्धुली । रोजगारीका लागि भारत गएका जिल्लाका नागरिक फर्कने क्रम जारी छ । जिल्लामा पछिल्लो समय भारतबाट आउनेको संख्या साढे चार सय पुगेको छ । बैशाख १ गतेदेखि जेठ मसान्तसम्म जिल्लामा भारतबाट ४ सय ४९ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
जसमा ४३ महिला र ४०६ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन । उनका अनुसार कमलामाई नगरपालिकामा १ सय २३ जना, दुधौली नगरपालिकामा २ सय ४३ जना, तिनपाटन गाउँपालिकामा ४, गोलञ्जोर गाउँपालिकामा ११, घ्याङ्लेख गाउँपालिकामा १, फिक्कल गाउँपालिकामा १४, मरिण गाउँपालिकामा ९, हरिहरपुरगढी गाउँपालिकामा ३ र सुनकोशीमा ३ जना आएको न्यौपानेले बताए ।
त्यस अघि सिन्धुलीमा १ सय ६ जना नागरिक भारतबाट आएका थिए ।




















