सिन्धुली । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीले वन तथा वातावरण मन्त्रालयले नेपाल भित्रका सम्पूर्ण वन क्षेत्रमा साल लगाएतका विभिन्न रुखहरुको कटान, संकलन, ढुवानी र ओसारपसारमा लगाएको रोकको विरोध गरेको छ । महासंघ सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर आम उपभोक्ताको हित विपरित गरेको निर्णय भन्दै विरोध जनाएको हो ।

उनले प्राकृतिक प्रकोपका कारण घरबार विहिन भएका, मर्दा लाश जलाउने काठ होस वा दैनिक प्रयोग गरिने इन्धनमा समेत लगाईएको प्रतिवन्धले आम नागरिकमा असर पुग्ने भन्दै सरकारले ध्यान दिनुपर्ने बताए ।
यो निर्णयले उपभोक्ताको दैनिक जीवनमा कृतिम अभाव खडा गरेको समेत बताएका छन । अनियमितता छानविनका नाममा देशभर काठ आपूर्ति नरोक्न पनि उनले सरकारलाई आग्रह गरेका छन । जहाँ अनियमितता भएको छ, त्यहिं रोकेर छानविन गरि कारवाहि प्रक्रिया अगाडि बढाउन र अन्य क्षेत्रमा कटान, संकलन, ढुवानी तथा ओसार पसार गर्ने कार्य तत्काल सुचारु गर्न महासंघले माग गरेको छ ।



















