सिन्धुली । कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा क्वारेन्टाईनमा रहेकाहरुलाई योग प्रशिक्षण दिन सुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले क्वारेन्टाईनमा रहेकाहरुलाई तनाव व्यवस्थापनमा सहयोग गर्न योग प्रशिक्षण दिन थालेको हो ।

यहि जेष्ठ १५ गतेबाट केन्द्रले कमलामाई नगरपालिका वडा नम्बर १४ मा रहेको जनता मा.बि.चन्दनपुरको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई प्रशिक्षण दिएको छ । त्यहाँ ४३ जना क्वारेन्टाईनमा बसिरहेका छन ।
यस्तै शुक्रबार कनपा ९ जनजागृति मा.बिको क्वारेन्टाईनमा ६ जना, कनपा ८ बसन्तपुरको सहिद आधारभुत प्राबिको क्वोरन्टाईनमा रहेका दुई जना र सोहि ठाउँकै होम क्वारेन्टाईनमा रहेका एक जनालाई प्रशिक्षण दिइएको छ ।

उनीहरुलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागी अश्वगन्धा चुर्ण, गुडुची चुर्ण र तुलसी चिया समेत उपलब्ध गराईएको छ । जिल्लाका अन्य क्वारेन्टाईनमा पनि उक्त प्रशिक्षण दिईने डा. पाण्डेले बताईन ।
जिल्लामा रहेका अन्य क्वारेन्टाईनहरुमा आयुर्वेद केन्द्र भएका पालिकामा स्थानीय आयुर्वेद केन्द्रले योग शिविर चलाउने छन भने नभएका पालिकामा जिल्ला आयुर्वेद केन्द्रले स्थानीय तहसँग समन्वय गरि योग शिविर चलाउने डा. पाण्डेले बताईन ।
केन्द्रले सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशको निर्देशनमा योग शिविर चलाउन थालेको पनि उनले बताएकी छिन ।



















