सिन्धुली । कमलामाई नगरपालिकाले नगरपालिकाका सुत्केरी महिलालाई कोभिड १९ को संक्रमणका बेला घ्यू राहत दिन सुरु गरेको छ । कोभिड १९ का अवधिमा सुत्केरी भएका नगरपालिकाका सुत्केरी महिलाहरुलाई राहत वितरण शुक्रबारदेखि सुरु गरिएको हो ।


लकडाउनको स्थितिमा सुत्केरी महिलाहरुलाई राहत मिलोस भन्ने हेतुले कमलामाई नगरपालिकाको विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठकको निर्णय अनुसार राहत वितरण गरिएको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले बताईन ।
उनका अनुसार पहिलो चरणमा चैत्र ११ गते देखि हालसम्म सुत्केरी भएका महिलाहरुलाई उक्त राहत वितरण गरिएको हो । बाँकी अन्य वडामा पनि वडास्तरमै गई राहत बाँडिने उनले बताएका छिन ।



















