सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाईनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका कोभिड १९ फोकल पर्सन वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईले प्रेस विज्ञप्ती जारी गरि जानकारी दिएका छन । यो सँगै सिन्धुलीका ४ जनामा कोरोना पुष्टि भएको छ ।
उनका अनुसार संक्रमित व्यक्तिहरु कमलामाई नगरपालिका वडा नं. ११ का १७ वर्षिय पुरुष र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिय पुरुष रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
थप संक्रमण रोकथामका लागि स्वास्थ्य कार्यालय सिन्धुली, सिन्धुली अस्पताल, वाग्मति प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा पृथकीकरणको काम सुरु गरिसकिएको डा. सेढाईले विज्ञप्ती मार्फत जनाएका छन ।
यसैबीच संक्रमित दुई व्यक्तिहरु कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको भु तथा जलाधार कार्यालयमा राखिएको क्वारेन्टाईनमा बसेका व्यक्तिहरु हुन । उनीहरु दुवै जनालाई सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा ल्याई उपचार सुरु गरि सकिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।सिन्धुलीका संक्रमित मध्ये कमलामाई नगरपालिका वडा नं. ९ की २७ वर्षिय महिला भने निको भएर घर फर्किसकेकी छिन । उनी काठमान्डौमा बस्दै आएकी थिईन ।




















