• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, November 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जिल्ला विपद व्यवस्थापनको बैठक : सुरु गरिने भो विपदको पूर्व तयारी

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २३, २०७७
in Featured, Health, Province 3
0

Share via:

29 Shares
  • Facebook 29
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा सुस्त गतिमा कोरोना भाईरसको महामारीको पूर्व तयारी भईरहेको बेला जिल्लामा संक्रमण देखिन थालेपछि जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ । बैठकले कोरोना संक्रमणको रोकथाम तथा उपचारका साथै वर्षाको समयमा हुने विपदको समेत पूर्व तयारी गर्ने गरि तयारी गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले पूर्व तयारी तथा भईरहेका कामको अनुमोदन सहितका १९ वटा निर्णय गरेको छ ।
नागरिक समाजको लामो समयदेखिको सुझावका बाबजुद जिल्ला स्तरको विपद व्यवस्थापन कोष खडा गर्ने देखि स्वास्थ्य, खाद्यान्नको भण्डारण देखि विपद प्रतिकार्यसम्मको निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन ।
बैठकले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ लाई परिमार्जन गरि नेपाल रेडक्रसले पेश गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई प्रकाशन गर्ने जिम्मा रेडक्रसलाई दिएको छ । यस्तै मनसुनका बेलामा हुन सक्ने विपदहरु बढी पहिरो चट्याङ, हावाहुरी भुकम्प जस्ता विषयमा खोज, उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि सबै सुरक्षा निकाय, स्थानीय तह, सरकारी तथा गैह्र सरकारी निकाय तत्काल परिचालन हुने गरि तयारी अवस्थामा रहने निर्णय गरिएको छ ।
यस्तै कोभिड १९ रोकथाम तथा प्रतिकार्य र अन्य विपद व्यवस्थापनका लागि जिल्लाका नीजि एम्बुलेन्स, सरकारी एम्बुलेन्स र नेपाल रेडक्रसले सञ्चालन गर्दै आएका एम्बुलेन्स तयारी अवस्थामा राख्ने, सबै स्थानीय तह, सरकारी तथा गैह्र सरकारी निकायहरुले विपदको समयमा खोज, उद्धार तथा राहतका लागि आवश्यक पर्ने उपकरण खाद्य तथा गैह्रखाद्य सामग्रीहरुको यथोचित बन्दोवस्त मिलाउने, सबै स्थानीय तहले आ–आफ्नो पालिका भित्र विपद प्रतिकार्य योजना तर्जुमा, यथोचित बजेट विनियोजन र तथ्यांक संकलनलाई व्यवस्थित बनाउन वडा समिति समेत परिचालन गर्ने निर्णय भएका छन ।
बैठकले विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदनभण्डारी राजमार्गलाई लक्षित गरि विपदको अवस्थामा परिचालन हुन सक्ने गरि कमलामाई नगरपालिकाका डोजर, स्काईभेटर स्ट्याण्डवाई राख्ने र सबै स्थानीय तहले विग्रेका एम्बुलेन्स समेत बनाएर राख्ने निर्णय भएको छ । त्यस्तै सिन्धुली अस्पताल, सबै स्थानीय तह र स्वास्थ्य कार्यालय सिन्धुलीले विपदका बेला अति आवश्यक पर्ने सबै औषधिहरु तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार तुरुन्तै परिचालन गर्न सकिने गरि स्वास्थ्यकर्मीको क्विक रेस्पोन्स टिम निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।
सिन्धुलीमा सञ्चार, विद्युत, खानेपानी जस्ता अत्यावश्यक सेवा सूचारु राख्नलाई निर्देशन गर्ने, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई सवलीकरण गर्न स्थानीय तह र गैह्रसरकारी संस्थाहरुलाई अनुरोध गर्ने, विपदमा आवश्यक पर्ने खाद्यान्न तथा गैर खाद्य सामग्रीको अभाव हुन नदिने व्यवस्था मिलाउन सिन्धुली उद्योग वाणिज्य संघलाई जिम्मा दिने निर्णय गरिएको छ ।
स्वास्थ्य सामग्री खरिद गरिने
यसैबीच बैठकले वाग्मति प्रदेश सरकारले पठाएको पाँच लाखबाट जिल्लामा कोरोना भाइरस (कोभिड १९) को प्रतिकार्य, उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने निर्णय गरेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख, विभिन्न सरकारी निकाय, सुरक्षाकर्मी, गैह्रसरकारी संस्थाहरु लगाएतको उपस्थितिमा भएको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोभिड नियन्त्रणका लागि चैत २६ गते पठाएको पाँच लाखबाट भिटिएम किट्स, स्यानिटाईजर, सर्जिकल मास्क, केएन ९५ मास्क, ग्लोब्स लगाएतका सामग्री किन्ने निर्णय भएको छ ।
यस्तै गृह मन्त्रालयको विपद पूर्व तयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त २ लाख रकमबाट जिल्ला विपद प्रतिकार्यका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री खरिद गर्ने निर्णय गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या चार पुग्यो

Next Post

सिन्धुलीमा कोभिड १९ कोष स्थापना गरिने

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied