सिन्धुली । नेपाली सेनाले सिन्धुलीगढीको थप विकासका नयाँ अवधारणा सहित विस्तृत गुरुयोजना तयार गर्न छलफल थालेको छ । सोहि क्रममा कमलामाई नगरपालिकासँग विहिबार सिन्धुलीमाढीमा छलफल गरेको छ । सिन्धुलीगढीको इतिहाससँग जोडिएका विभिन्न स्थानको विकास सहितको योजना बनाउन नगरपालिकासँग छलफल गरेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताएका छन ।
उनका अनुसार नगरपालिकाले सिन्धुलीगढी क्षेत्रको मात्र विकासको गुरुयोजना बनाएकोमा सेनाले भद्रकाली मन्दिर, समाधि पार्क, सिन्धुलीगढी आड, पैदल मार्ग लगाएतलाई समेटी गुरुयोजना निर्माण गर्न थालेको हो ।
जसका लागि नेपाली सेना, कमलामाई नगरपालिका, पुरातत्व विभाग, सैनिक ईन्जिनियर र कन्सल्टेन्ट लगाएतले शुक्रबार सिन्धुलीगढी क्षेत्रमा पुगि स्थलगत अध्ययन समेत गर्ने भएका छन । नेपाली सेनाको वर्द बहादुर गण, पुरातत्व विभाग, कमलामाई नगरपालिका, आरकिटेक्टोनिक प्राईभेट लिमिटेड बीच भएको छलफलमा सेनाले बनाउने योजनाका बारेमा छलफल भएको छ । छलफलमा सैनिक ईन्जिनियर र कन्सल्टेन्टहरुको समेत सहभागिता थियो ।
छलफलमा युद्ध संग्राहलय सजावट, समाधी पार्क डिजाईन, टुँडीखेल र गढीदरवार जोड्ने सिसाको पुल (ग्लास ब्रिज) निर्माण र पौवागढी–सानोगढी पुरानो बाटो पुनःनिर्माण लगाएतका विषयमा छलफल भएको छ ।
समेटेर गुरु योजना तयार गर्ने सम्बन्धमा कमलामाई नगरपालिका, बर्दबाहादुर गण, पुरातत्व बिभाग र आरकिटेक्टोनिक प्राईभेट लिमिटेड बिच कमलामाई नगरपालिकामा छलफल र निर्णयहरु भयो ।




















