
उनको रिपोर्ट नेगेटिभ आए पनि स्थानीयले उनलाई गाउँ जान नदिने भएपछि उनका बुवा र उनलाई कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा रहेको क्वारेन्टाईनमा राखिएको सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीले बताए ।
पेप्सीकोला स्थित अपार्टमेन्टमा २ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि रामपुरका स्थानीयले उनीहरुलाई सिन्धुली अस्पताल पठाएका थिए । ती युवा पाँच दिन अघि सिन्धुली आएका थिए ।
ती युवाका छिमेकीहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको डा राजभण्डारीले बताए ।




















