सिन्धुली । कमलामाई नगरपालिका वडा नंं. ५ मधुटारको चन्द्रमुखी टोल विकास संस्थाले टोलमा बाहिरी मानिस तथा सवारी साधानको आवत अत्यधिक बढेपछि टोलमा प्रवेश गर्ने ३ वटा नाकामा ढाँट हालेको छ ।

मंगलबार बसेको टोल विकास संस्थाको बैठकको निर्णय अनुसार टोल विकास संस्थाले सवारी प्रवेशमा रोक लगाएको हो । यस्तै टोलमा प्रवेश गर्दा हात नधोई प्रवेश गर्न नदिन टोल विकास संस्थाले ५ वटा चोकमा साबुन पानीको व्यवस्था समेत गरेको छ ।
सावुन पानीको व्यवस्थापनका लागि संस्थाका अध्यक्ष नरनारायण श्रेष्ठले १० हजार लगानी गरेका छन । बाँकी नपुगेको पैसा संस्थाले व्यहोर्ने गरि साबुन पानीको व्यवस्था गरिएको हो ।
संस्थाले अत्यावश्यक सवारी साधनलाई भने प्रवेशमा रोक लगाउने छैन । जसका लागि टोल विकास संस्थासँग समन्वय गर्नुपर्ने हुन्छ । ढाँट लगाईएको स्थान र हात धुने ठाउँमा कोरोना सचेतना सहितको व्यानर समेत राखिएको छ




















