सिन्धुली । कमलामाई नगरपालिकाले नगरपालिकाका वडा नं. ३, ६, ७ र १० मा विपन्न, मजदुरहरुलाई राहत वितरण गरेको छ । वडा कार्यालयको समन्वयमा वडा अध्यक्षहरु मार्फत राहत वितरण गरिएको हो ।
वडा नं. ३ मा ४८ जना, वडा नं. ६ मा १७९ जना, वडा नं. ७ मा १९७ जना र वडा नं. १० मा ६९ जनालाई राहत वितरण गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वडा कार्यालयको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय गरि स्वीकृत गरिएका मजदुर तथा अति गरिबलाई सरकारले तोकेको मापदण्ड अनुसार राहत वितरण गरेको छ ।




















