
कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले जारी गरेको उक्त सूचनामा लकडाउन आदेश कार्यान्वयनका लागि निषेधाज्ञा जारी रहेको र विहिबार दिउँसो १२ बजे देखी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सवारी पास बन्द गरिएको उल्लेख गरिएको छ ।
उक्त सूचना अनुसार अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन, विरामी–सुत्केरीलाई अस्पताल वा घर लैजादा, मृतकको हकमा दहासंस्कारको लागि घाटसम्म लैजान बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतका अनुसार पास लिईसकेका सवारी साधन सञ्चालनमा भने कुनै रोक लगाईएको छैन ।




















