सिन्धुली । तिनपाटन गाउँपालिकाले प्रभावकारी रुपमा कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाउन नसकेका बेला यहाँका युवाहरुको सक्रियतामा अभियान सुरु भएको छ । गाउँपालिकाका युवाहरुले गाउँमा पुगेर कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय सिकाउँदै राहत सामग्री बाँडेका छन् ।
युवा संघ सिन्धुलीका अध्यक्ष अविरल मगर र युवा व्यवसायी मधु कटुवालले तिनपाटन गाउँपालिका वडा नं. ५ मा माक्र्स र डिटोल साबुन बाँडेका हुन । उनीहरुले बुधबार उक्त वडाको लंगुरखोलामा एक हजार माक्र्स र ५ सय वटा साबुन वितरण गरेका थिए भने विहिबार जरायोटारमा १२ सय माक्र्स र ७ सय डिटोल साबुन वितरण गरेका हुन । उनीहरुले आफ्नै लागतमा माक्र्स र सावुन वितरण गरेको युवा मधु कटवालले बताए ।
त्यसैगरी, तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीका वडाध्यक्ष गोविन्द राउत र सुनौलो युवा क्लब बेलघारीका संस्थापक अध्यक्ष पुरुषोत्तम दाहालले पनि कोरोना संक्रमण रोकथामका लागि सक्रियताका साथ अभियान चलाएका छन । आन्तरिक स्रोतबाट जोहो गरी गाउँघरमा माइकिङ गर्दै कोरोनाबाट बच्न सूचना दिने काम गरेका छन भने ठाउँठाउँमा हात धुने व्यवस्था समेत गरेका छन् ।
वडाध्यक्ष राउतले १२ सय मास्क उत्पादन गरी वितरण गरेका छन् भने क्वारेन्टाइन समेत निर्माण गरेका छन । जसमा गाउँपालिकाको लगानी भने छैन ।





















