सिन्धुली । दुधौली नगरपालिका वडा नं. १० पटियानीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार विहान करेन्ट लागेर ३६ बर्षिय कृष्ण कटुवालको मृत्यु भएको हो ।
कटुवाललाई पटियानि स्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको लागि सडक छेउमा रड सिधा गर्ने काम गर्दै गर्दा करेन्ट लागेको हो ।
उनीले फलामे रड सिधा बनाउने क्रममा ११ हजार भोल्ट करेन्टको मेन लाईनमा रडले छुदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताए ।
खत्रीका अनुसार करेन्ट लागेर घाइते भएका कटुवाललाई उपचारको लागि सिरहा लगिएको र सिरहा अस्पतालले मृत घोषणा गरेको हो ।




















