सिन्धुली । शुक्रबार विपी राजमार्गमा स्कारपियोे दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन । गोलञ्जोर गाउँपालिका वडा नं. ५ खनियाँखर्कमा स१च १००९ नम्बरको स्कारपियो पल्टिदा सप्तरी कन्चनरुप नगरपालिका वडा नंं. ६ का सूर्यन्द्र नारायण चौधरीको मृत्यु भएको हो ।
गाडी सडकबाट सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पूर्वबाट काठमान्डौ जाँदै गरेका उक्त स्कारपियोका चालक महमद अफरोज घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी श्याम बहादुर खत्रीले बताए ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ ।




















