सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ७ खुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो आफ्नै बारीमा रहेको पिपलको रुखमा चढेर घाँस काट्ने क्रममा हाँगाले विजुलीको तार छोएपछि करेन्ट लागेर ४५ वर्षिय टिका बहादुर कार्कीको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा शुभजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । खिम्ती ढल्केवरको ३३ केवी प्रसारण लाईनको तारमा पिपलको हाँगाले छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी श्याम बहादुर खत्रीले बताए ।




















