• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निगरानी : साक्षरता घोषणामाथि नै प्रश्न

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १६, २०७६
in Featured, Opinion
0

Share via:

69 Shares
  • Facebook 69
  • Twitter
  • LinkedIn
  • More
बिमला पाण्डे

सिन्धुली जिल्लालाई २०७४ असार २४ गते पूर्ण साक्षर जिल्ला घोषणा गरियो । जसका लागि जिल्लामा लाखौं रकम लगानी भएको छ । जिल्लालाई ३६ औँ साक्षर जिल्ला घोषणा गरेको २ वर्ष पछि दुधौली नगरपालिकाका २ वटा मुसहर बस्तीमा पुग्ने अवसर मिल्यो ।
त्यहाँ पुग्दा भने सिन्धुली जिल्ला पूर्ण साक्षर जिल्ला हुन नसकेको अनुभूति भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका सवै नागरिक साक्षर भएको भन्दै घोषणा गरिएको साक्षर जिल्लाका वस्तीहरुमा भने त्यो उमेर समूहका नागरिकले हस्ताक्षर नै गर्न नजान्ने गरेको पाईयो । झण्डै ४० जना उपस्थित रहेको दुधौली वडा नं. ७ को पोखरेमा एक जना महिलाले मात्र आफ्नो हस्ताक्षर गर्न सकिन ।
मनमा खुल्दुली चल्यो । जान्न मन लाग्यो यहाँ साक्षरताको अवस्था के हो त ? मैले स्थानीय बासिन्दाहरुलाई सोधें । उनीहरुले मलाई जानकारी दिए अनुसार १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरु लगभग सबै निरक्षर छन । उक्त गाउँमा १ जना विवाह गरेर आएकी बुहारीले मात्र एईई गरेकी छिन । बाँकी कसैले पनि पढेलेखेका छैनन । सानासाना बालबालिकाहरु पनि सबै विद्यालय जाँदैनन । विद्यालय जानेहरु पनि चार पाँच कक्षामै पढाई छोड्छन र मजदुरी गर्न जान्छन । २९ घरपरिवारमा साक्षर नागरिक पाउनै गाह्रो छ ।
यस्तै दुधौली नगरपालिकाको १० नंं. वडाको थलीको अवस्था त झन त्यो भन्दा पनि नाजुक पाईयो । २५ घरपरीवार रहेको उक्त बस्तीमा एकजना छात्रले यसपाली एसईई दिएका छन बाँकी निरक्षर नै छन । एकदुई जना सामान्य लेखपढ गर्न जान्ने भए पनि अधिकांश शिक्षाको पहुँच बाहिर छन ।
यी गाउँका नजिकमा सरकारी विद्यालय पनि छन । दलित गैरदलितको विषयलाई लिएर विद्यालयमा विभेद पनि गरिएको छैन । दैनिक खाजाका लागि सरकारले दिएको १५ रुपैंया पनि पाउँछन । तर यहाँका बालबालिकालाई विद्यालय पठाउने चेतना अविभावकमा छैन । सुकुम्बासी, साना साना झुपडिमा बसेका उनीहरुको दिनभरको कमाईले विहान बेलुका छाक टार्न गाह्रो छ । अर्काको खेतमा बनिवुतो गर्नु, मजदुरी गर्न जानु, हरुवाचरुवा बस्नु र केहि २, ४ जना बैदेशिक रोजगारीमा जानु हातमुख जोड्ने आधार हुन । परिवारका अविभावकले जे गर्छन, बालबालिकाले पनि त्यहि सिको गर्ने हुन । जसका कारण उनीहरुले पढ्ने भन्ने विषय नै जान्न पाएका छैनन । चेतना, सिप जस्ता कुराहरुबाट उनीहरु टाढा छन ।
वि सं. २०६७ को सर्वेक्षण तथ्याङ्क अनुसार जिल्लामा ४७ हजार ८ सय ८६ महिला र २५ हजार ७ सय २९ पुरुष गरी कुल ७३ हजार ६ सय १५ जना निरक्षर रहेकोमा ९९ दशमलव २१ प्रतिशत महिला र ९८ दशमलव ९७ प्रतिशत पुरुषलाई साक्षर बनाइ सकिएको तथ्यांक सहित जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।
सरकारी तथा गैर सरकारी क्षेत्रको समन्वयमा सञ्चालन गरिएको साक्षरता अभियान अन्तर्गत जिल्लामा ९९ दशमलव १३ प्रतिशत साक्षर रहेको दावी गरिएको थियो । सिन्धुलीलाई साक्षरता जिल्ला बनाउनका लागि ४२ वटा सामुदायिक सिकाई केन्द्रले जिल्लाभर साक्षरता कक्षा सञ्चालन गरेका थिए तर ती साक्षरता कक्षा कहाँ चलाईयो कसका लागी चलाईयो दुधौलीको थली र पोखरेका मुसहर बस्तीलाई जानकारी नै छैन ।
यतिबेला देशभर भर्ना अभियान चलाईएको छ । स्थानीय सरकार, शिक्षक र विद्यालय व्यवस्थापन समिति, अविभावकले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा यस्ता वस्तीहरुका निम्न वर्गका बालबालिकाहरु पढाईबाट वञ्चित भएका छन ।
तथ्यांकका लागि तथ्यांक लिएर चलाईएका साक्षरता कक्षा कति प्रभावकारी थिए ? लक्षित समूदायमा ती कक्षा पुगेका थिए की थिएनन भनेर कहिल्लै पनि अनुगमन भएको छैन । मैले भेटेका जस्ता यस्ता वस्तिहरु जिल्लामा कति छुटेका छन ? त्यसको लेखाजोखा र फलोअप समेत छैन । अनि कसरी भयो साक्षरता घोषणा ? यो जिल्लाका सरकारी, गैरसरकारी निकायसँगै राजनीतिक दलका लागि पनि प्रश्न बनेको छ । यी वस्तीमा पुगेर फर्केपछि प्राविधिक रुपमा पूर्ण साक्षर जिल्ला घोषणा भए पनि निरन्तर रुपमा यहाँ साक्षरता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । ती वस्तीका नागरिकहरुको रुचि अनुसारको सचेतना तथा क्षमतावृद्धिका कार्यक्रम चलाउन आवश्यक छ र उनीहरुलाई शिक्षासँगै आर्थिक, सामाजिक राजनीतिक रुपमा सक्षम बनाउन जरुरी छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

न्यायीक निरुपण प्रभावकारी बनाउन सबै वडामा अभिमुखीकरण

Next Post

एकजना खरिदारको भरमा चल्दै न्यायीक समिति

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied