सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको छ । नेकपाको सचिवालयले आइतबार सबै जिल्ला अध्यक्ष तथा सचिवहरुको टुंगो लगाएको हो ।
३३ जिल्ला अध्यक्ष पूर्व माओवादी केन्द्रले पाएको छ भने ४४ जिल्लाका अध्यक्ष पूर्व नेकपा एमालले पाएको छ । नेकपाका एकीकरणमा घटुवा वढुवाको अवस्था देखिएको छ ।
दुवै पार्टीका पूर्व जिल्ला अध्यक्षहरुलाई अध्यक्ष तथा सचिवको जिम्मेवारी दिने नेकपाले निर्णय गरेपछि पूर्व माओवादी केन्द्रका ४४ अध्यक्ष घटुवामा परेका छन भने पूर्व एमाले निकटका ३३ अध्यक्षहरु घटुवामा परे ।
सोहि अनुसार सिन्धुली जिल्लामा पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक राजन दाहाल अध्यक्ष भएका छन भने पूर्व एमालेका प्रदीप कटुवाल सचिव भएका छन ।
नेकपाको स्थापना दिवसको अवसर पारेर सोमबार नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवका नामावली सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामावली अनुसार ३ महिलाले जिल्ला अध्यक्षको जिम्मेवारी पाएको पाईएको छ ।
मकवानपुर, काभ्रे र लमजुङ जिल्लाले महिला अध्यक्ष पाएको छ । जस अनुसार मकवानपुर जिल्ला अध्यक्ष पूर्व एमाले अध्यक्ष मनु सिग्देल, काभ्रेमा पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक रुकु चौलागाई र लमजुङमा माओवादी केन्द्रका पूर्व जिल्ला संयोजक मधु अधिकारी नेकपा अध्यक्ष बनेका छन ।
को को भए प्रदेश नं. ३ का १३ जिल्लामा अध्यक्ष र सचिव सूचि हेर्नुहोस






















