सिन्धुली । मरिण गाउँपालिकामा रहेको मरिण प्राकृतिक ब्यबस्थापन कलेजको पठनपाठनलाई प्रभाव पार्ने गरी कहिले पनि वन्द हडताल नगर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन ।
शनिवारबाट क्याम्पसलाई बन्द रहित अंगिक क्याम्पस घोषणा समेत गरिएको छ । क्याम्पस प्रशासन, मरिण गाउँपालिका प्रमुख, मरिण बहुमुखी क्याम्पस प्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी सम्पुर्ण बिद्यार्थी तथा सरोकारवालाहरुको भेलाले क्याम्पस कुनै पनि बाहानामा कहिं कतै कसैबाट पठनपाठन कार्यमा अवरोध नगर्ने नगराउने सामुहिक घोषणा गरिएको हो ।
क्याम्पस प्रमुख माधव धिताल क्याम्पस प्रशासनबाट शैक्षिक स्तरमा क्याम्पसको तर्फबाट कुनै पनि कमि आउन नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख पानीराज बम्जनले स्थानीय सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।





















