सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनको ३०औं स्थापना दिवस शनिबार सिन्धुली अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल बितरण गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराईरहेका बीस जना बिरामीहरूलाई फलफुल बितरण गरिएको हो ।
संगठन सिन्धुलीका कार्यवाहक अध्यक्ष तिलक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियन सिन्धुलीका सचिव अनन्त न्यौपाने, अस्पतालका निमित्त मेसु डा.बर्षा प्रकाश, पत्रकार महासंघ सिन्धुलीका सचिव बिदुर पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संगठनकी उपाध्यक्ष कविता शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।





















