सिन्धुली। २सय ५ औँ भानु जयन्ती सिन्धुलीमा पनि विभिन्न कार्यक्रमका गरी भव्यताका साथ मनाइएको छ । दिवसका अवसरमा प्रभातफेरी ¥यालीको आयोजना गरी विभिन्न साहित्यिक कार्यक्रम गर्दै २ सय ५ औँ भानु जयन्ती मनाइएको हो ।
‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा पु¥याएको अतुलनिय योगदानको कदर गर्दै विभिन्न कार्यक्रमका साथ भानु जयन्ती मनाइएको आयोजकहरुले जनाएका छन् ।
उमानाथ शास्त्री सिन्धुलीय प्रतिष्ठान सिन्धुली, सिन्धुली बाङ्मय प्रतिष्ठान, सिन्धुली साहित्य प्रतिष्ठान, गजल सरोबर सिन्धुली तथा जर्बट्टा कला संङ्ग्रहालय सिन्धुलीको संयुक्त आयोजना तथा कमलामाई नगरपालिका सिन्धुलीको सहयोगमा भएको प्रभातफेरी पश्चात साहित्यिक कार्यक्रमका साथ भानु जयन्ती मनाइएको हो । कार्यक्रममा जिल्लाका साहित्यकारहरुले आफ्नो साहित्यिक सृजना बाचन गरेका थिए ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए । भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।
‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । उनका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ ।





















