सिन्धुली । विद्याथीहरुद्वारा गुणस्तर सुधार, पूर्वाधार निर्माण तथा आवश्यक कर्मचारीहरुको नियुक्ति लगायतका माग राख्दै सिन्धुलीको मरिण गाउँपालिकामा स्थापित मरिण प्राकृतिक स्रोत व्यवस्थापन कलेज अनिश्चितकालका लागि तालाबन्दी भएको छ ।
निजी विद्यालयको सम्बन्धनको बारेमा गरिएको सहमतिलाई तोडी विद्यार्थीहरुको आँखा छलेर माफियाकरणलाई नीजि कलेजलाई सम्बन्धन दिने निर्णयविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको मरिण प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीको पूर्णपाठ
“सञ्चालित कलेजहरुको उचित व्यवस्थापन गर्न नसकिरहेको विश्वविद्यालयले थप ८ वटा आङ्गिक निजी कलेजहरुलाई सम्बन्धन दिनु कुनै पनि दृष्टिमा जायज देखिदैँन” विज्ञप्तीमा भनिएको छ ।
विद्यार्थीको चाहना विपरित गई यसअघिको सहमतीलाई व्यवास्था गरिनु कृषि तथा वन विश्व विद्यालयले गैरजिम्मेवारीपूर्ण काम गरेको भन्दै विद्यार्थीहरुले अब आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।
अनिश्चितकालिन क्याम्पस बन्दको आह्वान गरेका विद्यार्थीहरुले यथासक्य छिटो मागको सुनुवाई गर्न विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले यदी उनीहरुको माग प्रति वेवास्ता गरेमा थप सशक्त कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
थप तस्विरहरु


























