• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, May 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

यसरी मिलाईन्छ विपि राजमार्गमा अवैध सामानको सेटिङ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २४, २०७५
in Business, Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पुर्वी तराईवाट राजधानी काठमाण्डौलाई छोटो दुरीवाट जोड्ने सामरीक महत्वको विपी राजमार्ग यतिवेला अवैध सामान ओसार पसार गर्ने नाकाका रुपमा परिणत भएको छ । विगत एक महिनादेखी बिबादमा परेको विपी राजमार्र्गमा अबैध सामानको व्यापक ओसार पसार हुने गरेको तथ्य फेला परेका छन् ।

यस सडकमा अवैध सामान ओसार पसार हुने गरेको चर्चा पछि स्थानीय जनताले समेत निगरानी वढाए पछि प्रहरीको सेटीङमा अवैध सामान ओसार पसार हुने गरेको थाहा भएको हो । प्रहरीहरुलेनै नाम नवताउने सर्तमा दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका यसपी रामेश्वर प्रसाद यादवको ठाडो निर्देशनमा यसरी सामान अवैध रुपमा जानेगरेको वताए ।

 अवैध कपडा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बोलेरो

वुधवार मात्र ना४ख ५५१४ नम्बरको ट्रकभरी अबैधरुपमा गाईभैसीको दाना तराईबाट लिएर वीपी राजमार्ग हुँदै काभ्रे जिल्ला तर्फ निर्वाध प्रस्थान भयो । प्रहरीलाई यसको विशेष सुराकी दिइएपनि प्रहरी प्रमुख रामेश्वर यादव कै निर्देशनमा प्रहरी चेकपोष्टमा बसेका प्रहरीहरुले उक्त ट्रकलाई छाडे ।
त्यसको एक दिन अघिमात्र ना१ज ३९९२ नम्बरको बर्दीवास यातायातको बोलेरोमा झण्डै ३ लाख रुपैयाँ बराबरको भारतबाट राजस्व छली गरी काठमाण्डौं तर्फ लैजान ल्याउँदै गरेको अबैध कपडा जिल्ला प्रहरी कार्यालय नजीकै रहेको प्रहरी चेक प्वाइन्टमा नियन्त्रणमा लिएपनि पछि छाडीयो ।

अर्को दिन ना३ख २१९५ नम्बरको हायसमा झापाबाट काठमाण्डौं तर्फ लैजाँदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा सुराकीकै आधारमा सिन्धुली प्रहरीले नियन्त्रणमा लिएपनि पुनः एसपी सावको निर्देशन पछि त्यसै छाडीयो । सुक्रबारमात्र बा३ख ७९७४ नम्बरको हायस मै महोत्तरीको बर्दीवासबाट सुर्ती, रजनीगन्धा, पान, पराग लगायतका सुर्ति जन्य अवैध सामाग्री सिन्धुली हुँदै विपी राजमार्गबाटै काठमाण्डौं भित्रियो ।

माथि उल्लेखित घटना वाहेक सिन्धुली जिल्लावाट वाहिर निकासी हुने काठको प्रति ट्रक ५ हजार रुपैया लिएर छाड्ने गरेको काठ व्यवसायीको गुनासो छ । प्रहरीले मापदण्ड पुगेको छैन भनि जिल्ला वनकार्यालयले टाँचालगायर छुट पुर्जि सहित आएका काठ झार्न भन्छ कि त ५हजार दिनु पर्ने भन्दै वार्गेनिङ गरिन्छ ति व्यवसायीले दुखेसो गरे । वीपी राजमार्गको प्रयोग गर्दै दिन र रात दुबै समयमा गरी प्रहरीसंगकै निर्देशनमा अबैध मालसामान दैनिकरुपमा ओसार पसार हुने गरेको प्रमाणहरु धेरै रहेको पाइन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘अवैध सामाग्री नेपाली र भारतीय सवारीसाधनवाट जादै गरेको सुराकी आउना साथ हामी त्यसलाई नियन्त्रणमा लिन्छौं । तर, हाकीम साप’हरुको निर्देशनपछि पुनः छाडीने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक जवानले वताए ।

‘तराईका व्यापारीसंगको मिलेमतोमा भारतबाट ल्याइएका अबैध सामान र पहाडका ब्यापारीसंग मिलेर पहाडबाट गाई भैसी, चिनबाट ल्याइएका लत्ताकपडा, विद्युतीय सामाग्रीका साथै अन्य सामान वीपी राजमार्गबाट तराई हुँदै भारतसम्म पु¥याउने गरीएको छ ।

सर्लाहीका कपडा ब्यापारी दिनेश यादवले प्रहरीसंगको मिलेमतोमा तराईका खुल्ला सिमाना वाट भन्सार छलेर ल्याएका अवैध लत्ताकपडाहरु काठमाण्डौं पु¥याउने गरेको छन ।

वीमारी बोकेका साना निजी गाडी, बिबाहका रिजर्भ कारहरु रोक्ने प्रहरीले भारतिय नम्वरका गाडि भने विना चेकजाँच छाड्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले समय समयमा गर्ने पत्रकार सम्मेलनमा तराईबाट काठमाण्डौंसम्म पु¥याउने अबैध लागु औषध तस्करी गर्ने नाका पनि वीपी राजमार्ग नै भएको सार्वजनीक गर्दै आएका छन् ।

सर्वोच्चको आदेशपछि मापदण्डका विषयलाई लिएर प्रहरी र व्यवसायिहरु विच समेत मतभेद हुदै आएको छ । प्रहरीलाई पैसा दिए रातका समयमा सबै सवारी सञ्चालन हुने नत्र सडकमै अलपत्र अवस्थामा मालवाहक सवारी राख्नु पर्ने व्यवसायीहरुको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा आएका प्रहरी उपरिक्षक रामेश्वसप्रसाद यादव निकै विवादमा तानिएका छन् । प्रहरीका एक अधिकारीका अनुसार कानुनी प्रावधानलाई खिल्ली उडाउँदै प्रहरी प्रमुखले जिल्लामा अबैध पैसा लिन जवानहरुलाई बाध्य बनाएका कारण विवादमा तानियका हुन ।

सर्वोच्च आदालतले विपी राजमार्गमा मझौला बस र १० टन क्षेमतासम्मका ट्रक तथा टिफरहरु सञ्चालन गर्न आदेश दिएको छ । तर, प्रहरीलाई ५ देखी १५ हजार रुपैयाँसम्म पैसा दिए राती निर्वाध छाड्ने नत्र रोक्ने गरेको भन्दै जिल्लाका व्यवसायिहरु प्रहरीप्रती आक्रोसीत छन् । वीपी राजमार्गको वुझन सिन्धुली आएका उपभोक्ता मन्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले वीपी राजमार्गमा अवैध तरिकाले सामान ओसार पसार भएको पाईएको वताए ।

वीपी राजमार्गको विषयलाई लिएर जिल्लाका संसदहरुले सुक्रवार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, प्रहरी प्रमुख रामेश्वस प्रसाद यादवसंग भेटेर यस विषयमा जानकारी समेत लिएका थिए ।

टोलीले यदी प्रहरी प्रसाशनबाट नीतिगत भ्रष्ट्राचार भएको भए तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारी ढकालले आफुहरुले सर्वोच्चको आदेशको कार्यान्वयन गराएको दावी गरे ।

यस विषयमा सिन्धुलीका प्रहरी प्रमुख यादवले प्रहरीबाट कुनै पनि गैर कानुनी काम नभएको दावी गरे । उनले प्राय सबै गाडीमा चेकजाँच हुने र अबैध मालसामान नियन्त्रणमा लिएर त्यस्ता व्यक्ति, व्यवसायीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । उनले प्रहरी कार्यालयमा रहेर निर्देशन विपरित काम गर्ने जो कोही कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने भन्दै आफुले अबैध असुली गर्न कुनै पनि प्रहरीलाई निर्देशन नदिएको र अदालतको आदेश विपरित यातायातका साधन सञ्चालन हुन नदीएको झोकमा आरोप लगाएको भन्दै खण्डन गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका सात सय किसान मौरीपालन गर्दै

Next Post

भव्यताका साथ मनाइयो भानु जयन्ती

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied