• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिनावारी : घरपरिवार र विद्यालयबाटै अलग किशोरीहरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ९, २०७५
in Featured, Health
0

Share via:

54 Shares
  • Facebook 54
  • Twitter
  • LinkedIn
  • More

महिनावारीलाई अझै पनि हाम्रो समाजमा पापकै रुपमा लिने गरेको पाईन्छ । महिनावारी भएको समयमा बार्नु पर्छ नभए पाप लाग्छ भनेर किशोरीहरुलाई डर देखाइन्छ । जसका कारण पढाई, परीक्षा, घर परिवार किशोरीहरुले सबै त्याग्नुपर्छ । अछुत भएर बस्नुपर्छ ।

सरला सुनुवार

पढाई र परीक्षा दिनै समस्या
कमलामाई नगरपालिका ७ दोबानटारकी मनिसा थापा १३ बर्षको उमेरमा पहिलो पटक महिनावारी भइन । त्यतिबेला उनी कक्षा ७ मा पढ्दै थिइन । महिनावारी भएको कुरा परिवारले थाहा पाएपछि मनिसालाई महिनावारी वार्न घरबाट छिमेकीको घरमा लगेर राखियो । मनिसा ७ दिनसम्म छिमेकीको घरमा बसिन् । त्यो समय उनलाई बिद्यालय जानबाट समेत बञ्चित गरियो । मनिसाले पढ्ने शिद्धबाबा बोडिङ्ग स्कुलमा मनिसा पहिलो पटक महिनावरी भएर स्कुल आउन नहुने कुरा फोनबाट परिवारले जानकारी गराईदिए । मनिसा भन्छिन्, ‘शिक्षकले धेरै लामो समयसम्म स्कुल छुटाउनु हुदैन ।
स्कुल पठाईदिनु भनेर शिक्षकले भनेको मनिसालाई पछि परिवारका सदस्यले सुनाए । पहिलो पटक महिनावारी हुदा मनिसाको परिवारमा सबैलाई त्यसै गरिन्थ्यो, आमा, काकी, भाउजु, दिदी सबैले त्यसै गर्दै आईरहेका छन् । पहिलो पटक महिनावारी हुदा घरपरिवारमा दाजुभाई, बुवा अथवा पुरुषको अनुहार हेर्नु हुदैन पाप लाग्छ भनेर मनिसालाई परिवारले त्यसो गरेका हुन् ।
कमलामाई नगरपालिका ७ गडौली पुलचोक बस्नु हुने स्वस्तिका सुबेदी पनि १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भइन । स्वीस बोर्डिङ स्कुलमा ७ कक्षामा पढ्दै गर्दा महिनावारी भएकी उनको विद्यालयमा परीक्षा चलिरहेको थियो ।
परीक्षा चलिरहेको भए पनि उनको परिवारले उनलाई विद्यालय जान रोक्यो र छिमेकीको घरमा पठायो । स्वस्तिका पनि ७ दिनसम्म छिमेकीको घरमा बसिन् । स्वस्तिका र स्वस्तिकाको भाइ एउटै स्कुलमा पढ्ने भएकोले महिनावारी भएको पहिलो पटक स्वस्तिकाले भाईको अनुहार हेर्नु नहुने भन्दै परिवारले स्वस्तिकालाई परीक्षा दिनबाट समेत बञ्चित गराए । बोडिङ्गमा बिरामी भएर स्कुल आउन नसकेको बाहाना पारियो । स्वस्तिकालाई पछि परीक्षा दिन सक्ने बाताबरण मिलाईयो । स्वस्तिका भन्छिन,् ‘महिनाबारीको समय सकिएपछि परीक्षा दिएँ ।’
मनिसा र स्वास्तिका मात्र हैन । श्वेता पनि महिनावारी भएको ७ दिनसम्म घर र बिद्यालय दुबै छोडेर अन्तै छिमेकीको घरमा शरण लिइन । महिनावारी भएको पहिलो पटक ७ दिनसम्म घर र बिद्यालय दुबै छोडिन् । त्यतिबेला श्वेताको पनि परिक्षा कै समय थियो । यमुना कार्की, मुना सुनुवार र प्रतिक्षा कार्की यी किशोरीहरु पनि पहिलो पटक महिनावारी भएको कारण घर र बिद्यालय दुबैबाट अलग हुनु परेको थियो ।
किशोरीहरु महिनावारीका बेलामा घर र बिद्यालय दुबैबाट अलग हुने परम्परा सदरमुकाम सिन्धुलीमाढीमै व्याप्त देखिएको छ । किशोरीहरुलाई घरपरिवारले संस्कार सस्कृतिको नाममा पापको डर देखाई घर र बिद्यालय दुबैबाट अलग गरिरहेका छन । पहिलो पटक मात्र हैन ४ दिन किशोरीहरुले घरभित्रै महिनावारी भएका बेलामा अछुत भएर वार्ने परम्परा कायमै छ । यस्तो छोइछिटो वार्न लगाउनेमा उनीहरुकै परिवारका सदस्य रहेका छन ।

पत्रकारका पीडा पनि उस्तै
आज भन्दा १० बर्ष अगाडि यस्तो परम्परा झन कडा थियो । पहिलो पटक महिनावारी हुदा घर र बिद्यालय दुबैबाट अलग भएका हुने कमलामाई नगरपालिका ४ मल्लगाँउमा बस्ने सर्मिला खड्का र प्रमिला खड्का दुवैले घर र विद्यालय दुवै त्यागे । त्यो समय प्रमिला र सर्मिला दुबै जन्ता बोडिङ्ग स्कुलमा पढ्थे । पहिलो पटक महिनावारी हुँदा २१ दिनसम्म प्रमिलाले छिमेकीको शरण लिइन । छुटेको पढाईलाई साथिहरुको सहयोगमा पुरा गरेकी उनले साथिहरुकै सहयोगमा २१ दिन विताउनुपरेको थियो ।
सर्मिलाको भने त्यति बेला ८ कक्षाको फाईनल परीक्षा चलिरहेको थियो । परीक्षा कै समयमा पहिलो पटक महिनावरी भएकै कारण सर्मिला परीक्षामा सहभागि हुन पाईनन् । स्कुल जान परिवारले बन्देज लगाएर छिमेकीको घर तिर लगे । सर्मिला भन्छिन,् त्यति बेला दाइले पहिलो पटक महिनावारी भएको कारण बिद्यालय आउनु नहुने कारण खुलाएर परीक्षामा सामेल नभएको निबेदन दिएर स्कुलमा जानकारी गराईदिएका थिए । छुटेको बाँकी परीक्षा पछि एक्लैले दिईन् । उनीहरु दुवैजना सञ्चारकर्मी हुन ।
दुधौली नगरपालिका ३ निपानेकी अर्की सञ्चारकर्मी राधिका बुढाथोकीले पहिलो पटक महिनावारी हुदा ७ दिनसम्म छिमेकीको सरण लिइन । ‘त्यो समय घरपरिवार आफन्तले जे भने पनि स्वीकार्नु पर्ने अबस्था थियो । प्रति उत्तर गर्न सक्ने आँट थिएन । त्यसैले पनि पहिलो पटक महिनावारी भएकै कारण घर छोडियो’ राधिका भन्छिन ।
महिला अधिकारकर्मी शान्ता पाख्रिन भन्छिन्, ‘महिनावारी हुनु पाप मानिन्छ । आजपनि यसको प्रभाव उत्तिकै छ । महिनावारी नबारेमा पाप लाग्छ भनि डर देखाइन्छ । जसका कारण किशोरीहरुले सबै त्याग्न बाध्य भएका छन ।’ उनी भन्छिन, यो समस्या जनजाति महिलाको तुलनामा क्षेत्री ब्राह्मण समुदायमा बढी छ । हरेक महिना ४ दिन बार्ने परम्परा त छदैछ पहिलोपटक झनै घर परिवार, विद्यालय सबै त्याग्न बाध्य छन ।
उनका अनुसार बिस बर्ष अगाडी त झन पुरुष घाम र घरको धुरी त हेर्नै हुदैन भनि २१ दिनसम्म कालो कोठामा राखिदिने परम्परा थियो । आजभोली भने केहि सुधार भएको छ । उनी भन्छिन, ‘महिनावारी वार्नु हुदैन भन्ने अधिकारकर्मीहरु नै संस्कार, संस्कृति, परम्परा भन्दै बार्ने गर्छन् । यसले गर्दा व्यवहारमा परिवर्तन आएको छैन ।’
पाख्रिन भन्छिन, ‘यो किशोरीको प्रगतिको बाधक बनिरहेको छ । हरेक आमाले महिनावारी बार्नु हुदैन भनि घरबाटैै अभियान चलाउन जरुरी छ ।’
के परिवर्तन हुदैछ ?
नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले पनि पहिलो पटक महिनावारी हुदा छिमेकीको शरण लिएर बसिन । ‘मैले महिनावारी हुदा नचाहेरै छिमेकीको शरण लिएँ तर म मेरा छोरीहरुलाई महिनावारी बार्न दिन्न’ उनको प्रतिवद्धता छ । उनी महिनावारी बार्ने गरेकी छैनन ।
ओरेक नेपालकी कार्यक्रम संयोजक सपना थापाले पनि महिनावारी बार्ने गरेकी छैनन । उनको घर परिवारले महिनावारी बार्नु पर्छ भनेर कर लगाइएको थियो तर उनले त्यसलाई मानिनन । यस्तै सर्च फर कमन ग्राउनका कार्यक्रम संयोजक बिमला कडायतले महिनावारी बार्दिनन । पछिल्लो युवा पुस्ताले महिनावारीलाई बार्नु पर्दैन भनेर आवाज उठाउने र ब्यबहारमा समेत लागु गर्न थालेको देखिन्छ । तर यसलाई न्युनिकरण गर्नको लागि धर्म संस्कार संस्कृतिसंग जोडेर अधिकारकर्मीलाई नै गाली गरेको पाइन्छ ।
के भन्छन् धर्म गुरु ?
हिन्दु धर्म गुरु तथा नेपाल राट्रिय अन्तर धार्मिक सञ्जाल नेपालका उपाअध्यक्ष रामचन्द्र भण्डारीले धर्म र बिज्ञानलाई फरक कुरा मान्दछन । मानव शरिर बिज्ञानसंग र धर्म मानसिक चिन्तनसंग जोडिएको उनी बताउँछन । उनका अनुसार महिनावारी पनि शरीरमा उत्पन्न हुने प्रक्रिया भएकाले धर्मसँग कुनै सम्बन्ध हुदैन । महिलाको महिनावारीको सुरुवात हुनु सन्तान उत्पादनको लागि तयार हुनु हो । फोहोर मैला नगर महिनावारीको समय धेरै हिडडुल नगर। शरिरको सुरक्षा गर भन्ने जस्ता वैज्ञानिक तथ्यको गलत व्याख्याले समाजमा समस्या आएको भण्डारीले बताए । यसको समाधानमा धर्म गुरुको पनि हात हुन्छ , उनी भन्छन ।
शिक्षा, आत्मबल, ज्ञानको कमिको कारण समाजमा समस्या उत्पन्न भएको उनको भनाई छ । उनी भन्छन, हिन्दु धर्मले महिनावारी बार्न भनेको छैन गलत व्याख्या गरिनु हुन्न ।
यस्तै बौद्ध धर्म गुरु भिक्षु प्रियदर्र्शीका अनुसार बौद्ध धर्ममा महिनावारी भएका पहिलोे पटक घर छोड्नु पर्छ, प्रत्येक महिना बार्नुपर्छ, मन्दिर जान या पुजा गर्नु हुदैन भनिएको छैन । तर परम्परा, पद्दती, संस्कारका रुपमा महिनावारी बार्ने चलन चलि आएको छ । तर धर्मले महिनावारी नबारे पाप लाग्छ भनेको छैन ।
बौद्ध धर्म मान्नेहरुले पनि महिनावारीको समयमा पुजापाठ गर्न नमान्ने गरेका पनि छन । चेतनाको कमीका कारण यस्तो भएको उनको बुझाई छ । ‘महिनावारीका बारेमा अन्तरधार्मिक गुरुहरुले धर्मलाई बुझ्ने र बुझाउने परिपाटीमा एकरुपता ल्याउनुपर्छ’, प्रियदशी भन्छन ।
यता महिला हिंसा बिरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल कार्यक्रम संयोजक नहिदा बानु इस्लाम धर्म मान्छिन । उनले इस्लाम समुदायको धर्मको बारेमा लेखिएका थुप्रै किताबहरु पल्टाएर हेरिन । ‘महिनावारी भएको समयमा बार्नु पर्छ पाठपुजा गर्नु हुदैन भनेको अहिलेसम्म भेटेकी छैनन ।
ईस्लाम धर्म मान्ने उनको समुदायमा पनि महिनावारी भएको समयमा महिला या बालिकाहरुलाई नमाज पढ्न, पुजा गर्न दिइदैन । नहिदा बानुले पनि महिनावारी भएको पाँच दिनसम्म नमाज पढ्दिनन । उनी भन्छिन, ‘हामी अभियन्ता पनि परम्परा बादी साेंच र संस्कारबाट प्रभावित छौँ ।’ समाज र कानुन बलियो भएमा धर्म शास्त्र नै परिवर्तन हुने उनको तर्क छ । उनी भन्छिन, ‘आवाज उठाऔँ र बोलौँ महिनावारी पाप होइन बार्नु पर्दैन ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अबको योजना देखिने विकासमाःमेयर

Next Post

कनपाको एक अरब दुई करोडको बजेट स्वीकृत

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied