सिन्धुली /कमलामाई नगरपालिकाले अबको विकासका काम देखिने गरि र नगरवासीले अनुभूति गर्ने गरि गरिने बताएका छन । नगरसभा पूर्व शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उनले अबको विकास लक्ष्यलाई भेटाउने गरि गरिने बताएका छन । बजेट छरेर कुनै पनि विकास दिगो नभएको बताउँदै दिगो विकासका कार्यक्रम ल्याउन लागिएको खत्रीले बताए ।
उनले एक वर्षभित्र नगरका सबै वडामा विद्युतीकरण गरिसक्ने, नगरपालिका भित्रका सडकलाई कालोपत्रे तथा नाला सहित विकास गर्ने, भिमानमा व्यवस्थित र अत्याधुनिक बसपार्कको निर्माण गर्ने, सिन्धुलीमाढीको बसपार्क निर्माणको काम एक वर्षभित्रै सम्पन्न गर्ने, कमलामाई मन्दिरको व्यवस्थापन गर्ने लगाएतका योजनालाई उच्च प्राथमिकता दिने बताए ।
उनले एक वर्षमा कमलामाई नगरपालिकाका खरका छानो हटाई जस्तापाता पुराउने लक्ष्य समेत सार्वजनिक गरे । उनले नगरपालिकाका सबै विद्यालयहरु टिनका छानोमय बनाउने र आगामी वर्षदेखि गरिब बालबालिकाले विद्यालयमा घुम र छाता ओढ्ने दिनको अन्त्य गर्ने योजना बनाएको बताए ।
यस्तै कमलामाई नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयका बालकक्षालाई एकरुपता कायम गर्न नीति बनाउने, भूमि व्यवस्थापनका लागि भू उपयोग नीति बनाउने, सदरमुकाममा व्यवस्थित र सुविधासम्पन्न सभाहल निर्माण गर्ने, सञ्चार क्षेत्रलाई व्यवस्थित गरिने, खुलामञ्चलाई व्यवस्थित गरिने लगाएतका ठूला र देखिने योजना निर्माण गर्न लागि परेको खत्रीले जानकारी दिए ।
पत्रकारहरुसँग कुरा गर्दै उनले असार १० गते सम्पन्न हुने नगरसभाले ल्याउने कार्यक्रमले दिगो विकासलाई प्राथमिकतामा राख्ने बताए । उनले नगरको विकासका लागि भदौबाट सम्झौता प्रक्रिया सुरु गरि जेठसम्ममा निर्माण सक्ने गरि अबको विकासको रणनीति बनाईने पनि खुलासा गरे । उनले भने, ‘अबको विकासको काम भदौबाट सुरु गरि जेठसम्म सक्छौं ।’




















