सिन्धुली । घ्याङलेख गाउँपालिकाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
शनिबार घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान र प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की सहित बसेको आकस्मिक बैठकले जाजरकोट भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले केन्द्रीय सरकार मार्फत जाजरकोट भुकम्प पीडितलाई सहयोग उपलब्ध गराउनले निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















