सिन्धुली । नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेशसभा निर्वाचनमा पाँचजना उमेदवारको नाम सिफारिस गरेको छ ।
शुक्रबार भिमानमा सम्पन्न निर्वाचन क्षेत्र नं. १ (क) समन्वय कमिटिको बैठकबाट उमेदवारको टुंगो लाग्न नसकेपछि पाँचजनाको नाम सिफारिस गरिएको हो ।
बैठकले घनश्याम राउत, डम्बर कार्की, लाल बहादुर बुढाथोकी, हेम लामा र हरिहर थापालाई सिफारिस गरेको हो ।
नेकपा एमालेको केन्द्रीय निर्देशन बढीमा तीनजनाको नाम सिफारिस गर्ने भए पनि सहमति जुट्न नसकेपछि धेरै उमेदवारको नाम सिफारिस गरिएको छ । पार्टीले सिफारिस हुनेमध्ये एकजना महिला अनिवार्य गरेको भए पनि यो प्रदेशबाट महिलाको नाम पठाईएको छैन ।





















