सिन्धुली । नेकपा एमालेले निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेशसभा निर्वाचनमा सात जना उमेदवारको नाम सिफारिस गरेको छ ।
शुक्रबार सिन्धुलीमाढीमा बसेको निर्वाचन क्षेत्र नं. २ (क) समन्वय कमिटिको बैठकबाट उमेदवारको टुंगो लाग्न नसकेपछि ७ जनाको नाम सिफारिस गरिएको हो ।
बैठकले १ महिला र ६ पुरुषको नाम सिफारिस गरेको छ । जसमा गंगा कार्की, विनोद कुमार खड्का, केशव प्रसाद देवकोटा, खड्ग बहादुर खत्री, देवराज वाईवा, रामकृष्ण श्रेष्ठ र रमेश कार्कीको नाम सिफारिस गरेको हो ।





















