सिन्धुली । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि नेकपा एमाले उमेदवार छनौटमा लागेको छ । सोहि अनुसार शुक्रबार सिन्धुलीका ४ वटै प्रदेशमा उमेदवार चयन तथा सिफारिसका लागि बैठक सम्पन्न भएका छन ।
सोहि अनुसा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा निर्वाचनमा पाँच जनाको नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं. २ (ख) समन्वय कमिटिको बैठकबाट उमेदवारको टुंगो लाग्न नसकेपछि पाँच जनाको नाम सिफारिस गरिएको हो ।
यसरी उमेदवार सिफारिस हुनेमा रामकुमार पौडेल, राम कुमार उप्रेती, गणेश बुढाथोकी, हिरा लामा र पुष्पराज श्रेष्ठ रहेका छन । बैठकमा उमेदवारका आकांक्षीबीच सहमति नजुटेपछि पाँचजनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको हो ।





















