सिन्धुली । नेकपा एमालेका जिल्ला अध्यक्ष कुमार बहादुर कार्की मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि सर्वसम्मत उमेदवार चयन भएका छन ।
उनी निर्वाचन क्षेत्र नं. १ को (ख) बाट सर्वसम्मत उमेदवार चयन भएका हुन । एमालेले प्रदेशसभाका ४ वटै क्षेत्रमा शुक्रबार उमेदवार चयनका लागि बैठकको आयोजना गरेको थियो ।
सिन्धुलीको भिमानमा आयोजित बैठकले कार्कीलाई प्रत्यक्षतर्फ सर्वसम्मत उमेदवार चयन गरेको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















