सिन्धुली । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राम कुमार पौडेल एमालेमा प्रवेश गरेसँगै नेकपा माओवादी केन्द्रले जिल्ला संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र बाग्मति प्रदेश कमिटीले पानीराज बम्जनलाई संयोजक तोकेको हो ।
नेकपा माओवादी बाग्मति प्रदेशका पोलिटव्युरो सदस्य एवम् मरिण गाउँपालिकाका पूर्व अध्यक्ष बम्जनलाई संयोजकको जिम्मेवारी तोकेको माओवादी केन्द्रले जनाएको छ ।
बुधबार बसेको पार्टीको विस्तारित बैठकबाट बम्जनलाई संयोजकको जिम्मेवारी दिएको बताईएको छ ।





















