सिन्धुली । सोमबार अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । भिमानबाट सिन्धुलीमाढी तर्फ गईरहेको प२–००२–००१घ१७२० नम्बरको अटो कनपा ११ को फाल्चुरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि कमलामाई नगरपालिका वडा नं. ७ बुद्धनगरका अमित लामाको मृत्यु भएको हो । उनको उपचारका क्रममा सिन्धुली अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाका अनुसार घाईते अटोमा सवार कृष्ण कुमार बललाई सिन्धुली अस्पतालमा उपचार गरेपछि थप उपचारका लागि काठमान्डौ लगिएको छ । ओभरस्पिडका कारण अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।




















