सिन्धुली । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छिन । कमलामाई नगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य सोमती सार्की सोमबार नेकपा एमाले प्रवेश गरेकी हुन ।
नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालय सिन्धुलीमाढीमा आएर उनी एमाले प्रवेश गरेकी हुन । नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल, जिल्ला अध्यक्ष कुमार बहादुर कार्की, नेकपा एमालेका नेता केशव देवकोटा, उपसचिवद्वय मञ्जु देवकोटा, रश्मिला देवकोटा, जिल्ला कमिटीका सदस्यहरु, एमालेका कमलामाई नगरपालिकाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगाएतको उपस्थितिमा उनलाई पार्टीमा स्वागत गरिएको हो ।
उनले आफु पहिले एमाले नै भएको र स्थानीय तहको निर्वाचनमा कांग्रेसले आफुलाई उमेदवार बनाएको तर आफुलाई चित्त नबुझेर फेरी एमालेमै फर्किएको बताईन ।
म पुरानै एमाले हो । कांग्रेसले थाहै नदिई उमेदवार बनायो । चुनाव जितियो जनताको सेवा गरियो तर मनले एमालेलाई नै माया गरिरह्यो, यतै फर्किएँ, उनले भनिन ।






















