• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एमालेको अवको रणनीति : सकेसम्म जित, नसके मतको सुरक्षा

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १६, २०७८
in Featured, Opinion, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

जब धेरै दलको चुनावी तालमेल हुन्छ । पद, विचार र आस्थामा ठेस लाग्छ एमालेलाई त्यसको फाईदा हुन जान्छ । समयमा एमाले नेतृत्व सचेत भएर पार्टीभित्र केहि अन्तरद्वन्द्व छन भने पनि त्यसलाई छोडेर एकतावद्ध एमाले बनाउन र चुनावी मैदानमा उत्रन आवश्यक छ । चुनाव जित्न उपयुक्त पात्रको छनौट उत्तिकै आवश्यक छ । सामाजिक उत्तरदायित्व बोकेका प्रभावशाली व्यक्तिलाई चुनावी मैदानमा लाँदा चुनाव जित्न सजिलो पनि हुन सक्छ । यस्तै पात्रको छनौट गर्दा सबै वर्ग, लिंग, जातजाती, क्षमता सबैलाई मुल्यांकन गर्नु आवश्यक छ । निर्विवाद उपयुक्त पात्रको छनौट, उपयुक्त चुनावी रणनीति, कार्यनीति अनुसार एमाले जिताउने अभियान चलाएमा मात्र एमालेलाई अझ बलियो बनाउन सकिने छ । अतः सकेसम्म जित्ने रणनीति बनाउनु र एकतावद्ध रुपमा अघि बढ्नु अहिलेको एमालेको आवश्यकता हो । यदि चुनावी माहोलमा एक्लै लड्दा हारियो भने पनि आफ्ना मत र मनको सुरक्षा हुन्छ नै ।

नेकपा एमाले गत वर्षदेखि गम्भिर राजनीतिक संकटमा परेको छ । कुनै पनि व्यक्ति वा दल वा संस्था वा व्यवस्थालाई चारैतिरबाट घेराबन्दी हुनु त्यसको सफलताको यात्रा हो । त्यसैले पछिल्लो समयको घेराबन्दी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले राजनीतिक रुपमा दह्रो हुदै गएको र उक्त दलले लिएको रणनीति, कार्यनीति, देश र जनताका पक्षमा छन भन्ने पुष्ट्याईं हो ।त्यो मात्र हैन नेपाल र नेपालीको शिर उँचो बनाउन तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली नझुक्नु परिणाम पनि हो ।

विशेष गरि आफ्नो अडानमा नडग्मगाउने र देशलाई माया गर्नुपर्छ, नेपाल कसैको गुलाम हैन र स्वाभिमानी हाम्रो मान्यता हो भन्ने अडानका कारण एमालेलाई संकटमा पार्न खोजिएको हो । विशेष गरि भारतसँग नझुकेको र चिनसँग पारवहन सम्झौता गरेका कारणले एमाले संकटमा परेको तितो यथार्थ विर्सनु हुदैन । ओली नेतृत्वको सरकारका पालामा नाकाबन्दी विरुद्ध डटेर गरिएको प्रतिवाद, चुच्चे नक्सामा नेपालको भूमि समावेश गर्नु, नेपालका लागि एकमात्र पारवहन नाकाबाट मुक्ति पाउन चिनसँग गरिएको पारवहन सम्झौताका कारण भारतको इशारामा चलेका केहि पार्टी भित्रका दक्षिणपन्थि र अवसरवादी नेताहरुका कारण देश झन झन गहिरो संकटमा पर्दै आएको छ ।

पछिल्लो समय अदालतसँग सेटिङ गरि नेकपा टुक्राउने काममा तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको उल्लेख्य भूमिका रहेको छ । ओली त केवल देखाउने दाँत मात्र बने । संसदलाई गलत प्रयोग गर्ने मनसायलाई चिर्न, देश विकासका कामलाई अग्रगतिमा लान र देशलाई निकास दिनका लागि तत्कालिन प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई मुद्दा बनाएर एमाले सक्न खोजेका प्रचण्ड, नेपाल र खनालका कारण संंकटमा परेको नेकपा अन्तत अदालतको आदेशमा फुट्यो । एमाले एमाले नै रह्यो, माओवादी माओवादी नै रह्यो । मन नमिलेका नेता पुनः नाम परिवर्तन गरेर पार्टी एकतालाई निरन्तरता दिन सक्ने अवस्थामा थिएनन । जसले सबैभन्दा बढी एमालेका कार्यकर्तामा खुशी ल्यायो । नेकपा एकीकरणपछिका प्रचण्डका सहयात्रीहरुले एमाले रोजे । एमालेका माधव नेपाल, झलनाथ खनालहरु चोइटिए ।

गठबन्धनको सरकार बनाउन र ओलीलाई हटाउन सर्वोच्च अदालतले साथ दियो शेरबहादुर देउवालाई । कांग्रेस सभापति देउवा प्रधानमन्त्री त भए तर क्रेज घट्यो । नेपाली कांग्रेसका तल्लो स्तरका कार्यकर्तामा उत्साह घट्दै गयो । माधव नेपालको एकीकृत समाजवादीलाई साथ दिएका एमाले नेताहरु पुरानै पार्टीमा फर्किन थाले । माओवादीका नेता कार्यकर्ता पछिल्लो समय एमाले रोजिरहेका छन । एमालेलाई नेता कार्यकर्ता व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ ।

जब नेपालमा अमेरिकी सहायता अनुदान एमसीसिको चर्चा चल्यो । गठबन्धनका सबै दलमा तरंग ल्यायो । कोहि सडक र सदन दुवै तिर देखिए । कोहि गठबन्धन टुटाउने र कोहि गठबन्धन, सरकार दुवै राख्नेमा विभाजित भए । अन्तमा उनीहरु एमसिसीको पक्षमा पुगे र गठबन्धन पनि जोगाए र एमसिसी पनि सदनबाट पास गरे । एमसीसि बाबुराम भट्टराई प्रधानमन्त्री हुदा सम्झौता गरिएको अनुदान हो । केपी ओलीका पालामा संसदलाई सर्वोच्च अधिकार दिएर पास गरे पनि नगरे पनि निर्णय गर्नुपर्छ भनिएको उक्त सम्झौताको पक्षमा ओली सरकार थिएन ।
एमसिसी पास गर्ने बेला निरन्तर एमालेले संसद अवरुद्ध गरिरहेको थियो । अर्को पार्टीमा गएका एमालेका सांसदको कारवाहिको माग गर्दै गरिएको संसद अवरुद्धका बाबजुद गठबन्धन सरकारले एमसीसि पास ग¥यो । जुन नेपालका लागि घातक हुन सक्ने आशंकाहरु चर्चामै छन । नेपाल र नेपालीका लागि भनि १० वर्ष जनयुद्ध लडेका शहिद परिवार, घाइते, अपांगता भएका व्यक्ति, पूर्व लडाकुहरु सबैलाई लात हानिएको र समाजवाद, नयाँ नेपालका नारालाई माओवादीले सम्बोधन नगरेको भन्दै हजारौं हजार माओवादी कार्यकर्ताको एमालेमा क्रेज बढेको छ । गठबन्धन भएपछि भएका केहि संसदीय चुनावहरु एमालेले हारेको छ । कतिपय स्थानमा एमालेले गठबन्धनलाई जितेको छ ।

अब स्थानीय तहको निर्वाचन नजिकिदै छ । गठबन्धनका पाँच दल स्थानीय चुनावमा पनि एमालेविरुद्ध गठबन्धन गर्ने योजनामा छन र सहमतिमा पुगेका छन । एमाले हराउने अभियान अन्तर्गत उनीहरुले गरेको गठबन्धनले एमालेलाई धेरै ठाउँ हराउन पनि सक्छ । हार्न सकिन्छ भन्ने लागे पनि चुनावमा जान आवश्यक छ । जनताले कामको मुल्यांकन गरेका छन भने एमालेले पक्कै जनमत पाउने छ तर त्यसका लागि एमालेले सबै पालिका र सबै वडामा उमेदवारी दिन आवश्यक छ । उमेदवारी दिनु र चुनावी अभियानमा जानु लोकतन्त्रको सम्मान गर्नु हो । संविधान र संघियताको आत्मसात गर्नु हो ।

अर्को कुरा दलिय गठबन्धनले नागरिकले चाहेको दल र चुनाव चिन्हमा मतदान गर्ने अधिकारबाट बञ्चित गर्छ । यो अधिकारबाट बञ्चित गराउँदा नागरिकहरुले उक्त दललाई विश्वास गर्ने वातावरण बन्दैन । जसका कारण क्रमशः मतदाता र शुभेच्छुक घट्दै जान्छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गठबन्धन देशभर भयो भने आफ्नो अस्थित्व कमजोर भएका दलहरुलाई त खासै फरक पर्दैन तर ठूला दलहरु र चुनावी माहोलमा आफुलाई अब्बल बनाएका दललाई यसले असर गर्छ नै । यसले मतदाताको मन मार्ने काम गर्छ । एमालेले यतिवेला जनमतको सुरक्षा गर्न र शुभेच्छुकहरुको मायाका लागि पनि चुनावी मैदानमा जान आवश्यक छ ।

जब धेरै दलको चुनावी तालमेल हुन्छ । पद, विचार र आस्थामा ठेस लाग्छ र एमालेलाई नै त्यसको फाईदा हुन जान्छ । समयमा एमाले नेतृत्व सचेत भएर पार्टीभित्र केहि अन्तरद्वन्द्व छन भने पनि त्यसलाई छोडेर एकतावद्ध एमाले बनाउन र चुनावी मैदानमा उत्रन आवश्यक छ । चुनाव जित्न उपयुक्त पात्रको छनौट उत्तिकै आवश्यक छ । सामाजिक उत्तरदायित्व बोकेका प्रभावशाली व्यक्तिलाई चुनावी मैदानमा लाँदा चुनाव जित्न सजिलो पनि हुन सक्छ । यस्तै पात्रको छनौट गर्दा सबै वर्ग, लिंग, जातजाती, क्षमता सबैलाई मुल्यांकन गर्नु आवश्यक छ । निर्विवाद उपयुक्त पात्रको छनौट, उपयुक्त चुनावी रणनीति, कार्यनीति अनुसार एमाले जिताउने अभियान चलाएमा मात्र एमालेलाई अझ बलियो बनाउन सकिने छ । अतः सकेसम्म जित्ने रणनीति बनाउनु र एकतावद्ध रुपमा अघि बढ्नु अहिलेको एमालेको आवश्यकता हो ।
यदि चुनावी माहोलमा एक्लै लड्दा हारियो भने पनि आफ्ना मत र मनको सुरक्षा हुन्छ नै ।

समग्रमा एमालेले चुनाव हा¥यो कि जित्यो सबै दललाई आएको मतलाई हेरेर समिक्षा गर्दा थाहा हुन्छ नै । व्यक्तिले हार्न सक्छ एमालेले आफ्ना एजेण्डामा सधै जित्ने छ । किनकी अन्य दलसँग अहिले गठबन्धन र सरकार टिकाउने बाहेक कुनै उपलब्धि मूलक चुनावी एजेण्डा छैनन । अतः एमालेजन एकतावद्ध भएर चुनावी मैदानमा हौसलाका साथ होमिनु आवश्यक छ । एक्लै लड्दा पनि एमालेले धेरै सिट जित्न सक्ने आधारहरु तयार भएका छन । जसका कारण गठबन्धनका दलहरु अतालिएका छन । एमालेको रणनीति अब चुनावमा एक्लै र एकतावद्ध भएर भिड्ने हुनुपर्छ । सोहि अनुसारका चुनावी घोषणापत्र बनाउने र तयारीलाई तिव्र रुपमा लान आवश्यक छ र चुनावी मैदानमा होमिनु आवश्यक छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जोखिममा पक्कि सडक र सशस्त्र वेश क्याम्प

Next Post

अटो दुर्घटनामा एकजनाको मृत्यु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied