• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, August 3, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाग्मति प्रदेशका स्वास्थ्य मन्त्री कटुवालको राजनीतिक, सामाजिक यात्रा

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २३, २०७८
in Featured, Health, Politics, Province 3
0

Share via:

245 Shares
  • Facebook 245
  • Twitter
  • LinkedIn
  • More

प्रदीप कुमार कटुवाल क्षेत्री सिन्धुलीका दुरदराजका नागरिकका मनमा बसेको नाम हो । कटुवाल बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्री बन्दा सिन्धुलीमा खुशीयाली छाएको छ । हरेक अवसरसँग राजनीतिक सामाजिक जीवनलाई जोडेर मुल्यांकन नगर्ने नेता भएका कारण पनि उनी सबैको मनमा बस्न सफल भएका छन ।

कटुवाल २०१९ साल जेठ १९ गते पीता रत्न बहादुर कटुवाल र माता टम्कमाया कटुवालको कोखबाट जन्मेका हुन । साविकको खोलागाउँ गाविस, हालको फिक्कल गाउँपालिका वडा नं. ३ चनौटे सिन्धुलीमा जन्मेका कटुवाल हाल कमलामाई नगरपालिका वडा नं. ६ पानीट्यांकीमा बसोवास गर्दै आएका छन । कटुवालले आम्बोटेमा रहेको मावि आम्वोटेमा प्रारम्भिक शिक्षा लिएको देखिन्छ । उनले त्यहाँ कक्षा ५ सम्म अध्ययन गरेका हुन । त्यसपछि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा आई अध्ययन गरे । २०३७ सालमा कमला मावि ढुंग्रेवासबाट उनले एसएलसी पास गरेका छन ।

अध्ययनका हिसाबले उनी व्यवस्थापन विषयका विद्यार्थी हुन । उनले स्नातकोत्तर पास गरेका छन । जनकपुरको राराव क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी जागिर भन्दा पनि समाजसेवा र राजनीतिमा निरन्तर झोला बोकेर लागे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्कुलको पढाईसँग सँगै उनको राजनीतिक जीवन सुरु भएको पाइन्छ । ०३५÷३६ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन सुरु गरेका उनी तत्कालिन अनेरास्ववियुको एकता पाँचौबाट राजनीतिमा प्रवेश गरेका हुन । त्यसपछि उनी निरन्तर राजनीतिमा लागिरहेको पाइन्छ ।

राजनीतिसँगै सामाजिक सेवामा पनि उत्तिकै तल्लिन देखिने कटुवाल सादगी नेताका रुपमा पनि चिनिन्छन । नागरिकका समस्या समाधान गर्नका लागि सधै झोला बोकेर हिड्ने कटुवालले कमाउनका लागि राजनीति गरेको देखिदैन ।

विद्यार्थी हुदैदेखि राजनीतिलाई निरन्तरता दिने क्रममा प्राक हुदै अखिलका विभिन्न कमिटिहरुमा काम गरेका छन् । विद्यार्थीको केन्द्रीय सदस्य हुदै युवा संघ सिन्धुलीको २०४८ सालमा अध्यक्ष बनेका कटुवाल युवा संघको ३ चोटीसम्म केन्द्रीय सदस्य बने ।

यस्तै नेकपा एमालेको इलाका कमिटी हुदै जिल्ला कमिटीको अध्यक्षसम्म भए । उनी २०६९ देखि हालसम्म निरन्तर जिल्ला अध्यक्षका रुपमा क्रियाशिल छन । कटुवालले एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपाको सचिवका रुपमा समेत काम गरे । फेरी अदालतले नेकपा एमाले व्यँुताईदिएपछि एमालेका जिल्ला अध्यक्षका रुपमा क्रियाशिल छन ।

जनप्रतिनिधिको यात्रा
निरन्तर राजनीतिमा लाग्ने क्रममा पटक पटक विभिन्न पदमा निर्वाचित समेत भए । २०४३ सालमा जनपक्षिय प्रधानपञ्च भएका कटुवाल २०५४ सालमा खोलागाउँ गाविसको अध्यक्ष निर्वाचित भए । सोहि वर्ष जिल्ला विकास समिति सिन्धुलीको सदस्य समेत भए । पटक पटक सांसदको टिकटको दावी छोडेका उनी २०७४ सालमा सिन्धुली क्षेत्र नं. १ (२) बाट बागमति प्रदेशसभा सदस्य निर्वाचित भए । २०५६, २०६४, २०७० र २०७४ गरि चार पटकसम्म सांसदको टिकट दावी गरेर छोडेका कटुवाल बुधबार वाग्मति प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन ।

सामाजिक जीवन
प्रदीप कटुवाल सिन्धुलीको विकास र सामाजिक क्षेत्रमा परिचित नाम हो । उनले शिक्षा क्षेत्र, स्वास्थ्य, खानेपानी, बाटो, विजुलीलाई प्राथमिकतामा राखेर जनताको आवाज बोकेर हिड्छन । विद्यालय निर्माण गर्ने, स्वास्थ्य भवन निर्माण गर्ने, शिक्षालाई गाउँ गाउँसम्म पु¥याउने अभियानमा उनी निरन्तर लागे । सोहि क्रममा २०६० सालदेखि हालसम्म पब्लिक क्याम्पसको केन्द्रीय उपाध्यक्षका रुपमा क्रियाशिल छन । सिन्धुली बहुमुखी क्याम्पसको चार कार्यकाल सदस्य, लाम्पानटार बहुमुखी क्याम्पस तिनपाटनको २०६२ सालदेखि हालसम्म अध्यक्ष छन । हालसम्म १० वटा विद्यालयको अध्यक्ष भईसकेका कटुवालको स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य योगदान छ ।

पछिल्लो समय सिन्धुलीको ५० वेडको कोभिड युनिट अस्पताल निर्माण र व्यवस्थापनमा निरन्तर खटेका कटुवालले स्वास्थ्य केन्द्रका भवन निर्माण र स्वास्थ्यकर्मीको उचित व्यवस्थापनमा निरन्तर काम गरेका छन । तीन सन्तानका बाबु कटुवालका श्रीमति गृहिणी हुन ।

(यो लेख प्रदीप कुमार कटुवाल क्षेत्री वागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्री नियुक्त भएपछि उहाँसँग टेलिफोनमा कुराकानी गरेको आधारमा तयार गरिएको हो ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाग्मति प्रदेश मन्त्रीपरिषद विस्तार, सिन्धुलीका कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त

Next Post

माओवादी र कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied