सिन्धुली । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री नियुक्त भएको २१ ीदनमा बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ मन्त्री थप गरिएको छ ।
६ मन्त्री र ४ राज्यमन्त्री थप गरिएको छ । विस्तारित मन्त्री परिषदमा सिन्धुलीका प्रदीप कुमार कटुवाल क्षेत्रीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कटुवालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन ।
नवगठित मन्त्रिपरिषदमा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको छ । विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पथ तथा गोपनियताको सपथ लिएका छन् । बागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मि शाक्यले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियतको सपथ ग्रहण गराएकी हुन् ।
यसअघि सरकारमा केशवराज पाण्डे आन्तरिक मामिला, कानुन र भौतिक पूर्वाधार मन्त्री थिए भने बाँकी मन्त्रालय सबै शाक्यले सम्हाल्दै आएकी थिईन । वाग्मति प्रदेशको १२ सदस्यीय मन्त्री परिषदमा मुख्यमन्त्री सहित ४ जना महिलाले मन्त्रीको जिम्मेवारी पाएका छन ।





















