• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सर्वोच्चको आदेशको अवज्ञा: प्रहरीद्वारा पैसा लिंदै मापदण्ड विपरितका गाडी छोड्दै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २०, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सर्वोच्च आदालतले विपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका सवारी साधन चलाउन अन्तरिम आदेश दिएको भए पनि सो आदेशलाई लत्याउँदै अत्यधिक भारवहन क्षमताका सवारी साधन सञ्चालन हुन थालेका छन । व्यवसायी र प्रहरीको मिलेमतोमा यस्ता सवारी साधनहरु सञ्चालनमा आएका हुन ।
यातायात व्यवसायी कान्छामान बल समेतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिस बम कुमार श्रेष्ठको इजलासले असार १४ गते उक्त आदेश दिएको भए पनि सिन्धुलीको प्रहरी र सिन्धुली बाहिरका व्यवसायीको मिलेमतोमा यस्ता सवारी साधन सञ्चालनमा आएका हुन ।
स्थानीय व्यवसायीहरुको चर्को विरोध भएपनि सिन्धुली बाहिरबाट राजधानी भित्रिने र बाहिरिने सवारी साधनहरुबाट प्रहरीले पैसा लिँदै रातको समयमा अत्याधिक भारवहन क्षमता भएका सवारी राजमार्गमा चल्न दिएको सिन्धुलीका स्थानीय तथा ट्रक व्यवसायी शम्भु खड्काले बताए ।
‘सिन्धुलीका ट्रकहरु झण्डै एक महिनादेखी वीपी राजमार्गमा सञ्चालनमा रोक लगाईए पनि दोलखा, रामेछापबाट तराई जाने आउने र काँकडभिट्टा, विराटनगर, जनकपुर, राजविराज, विरगञ्ज लगायतका तराईका जिल्लाबाट पहाडी जिल्ला तथा काठमाण्डौं जाने आउने ट्रकहरु प्रहरीसंगको मिलेमतोमा निर्वाध सञ्चालनमा छन्,’ उनले भने ।
सिन्धुलीका व्यवसायिहरु सर्वोच्चको आदेशको पलना गर्दै अर्को आदेशको पर्खाइमा रहेका भए पनि सिन्धुली बाहिरका व्यवसायीसँग प्रति ट्रक ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म एकतर्फी पैसा असुलेर प्रहरीले छाड्ने गरेको खड्काको आरोप छ ।
झण्डै चार वर्षअघि जापान सरकारको सहयोगमा निर्माण सम्पन्न वीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा साँघुरो र अत्यन्त घुम्ती नै घुम्ती भएका कारण दुर्घट्ना बढ्ने र सडकको भारवहन क्षमता समेत कम भएको भन्दै गत जेठ २१ गते सर्वोच्चका न्यायाधिस सपना मल्लको एकल इजालसले १० टन क्षमता भन्दा बढीका ट्रक र १६ सिटभन्दा लामा बस सञ्चालनमा रोक लगाउन अन्तरीम आदेश दिएको थियो भने पछिल्लो आदेशले ३५ सिटका सवारीलाई चल्ने आदेश अदालतले दिएको थियो ।
त्यसअघि भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेठले विपी राजमार्ग आयोजनाको प्रतिवेदनलाई लत्याउँदै सिन्धुली–खुर्कोट खण्डमा १६ टन क्षमताका ट्रक र ३२ सिटसम्मका बस सञ्चालन गर्न अनुमति दिएका थिए । मन्त्री महासेठले दिएको अनुमति सडकको भारवहन क्षमता र मापदण्ड विपरित भएको भन्दै सर्वोच्चमा रिट परेपछि न्यायाधिस मल्लको एकल इजालसले अन्तरीम आदेश जारी गरेसंगै गत जेठ २४ गतेबाट त्यस्ता सवारी सञ्चालनमा पूर्ण रोक लगाएको थियो ।
तर, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नेतृत्वमा एसपी रामेश्वरप्रसाद यादव आएसंगै रातको १२ बजेपछि अबैध पैसा असुल गरी सर्वोच्चको आदेशको अवज्ञा गर्दै ट्रकहरु सञ्चालन हुने गरेको गुनासो बढेको हो । सर्वोच्चको आदेशपछि प्रहरीले कमलामाई नगरपालिका ४ हिरापानीमा ट्राफिक प्रहरी सहितको चेकजाँच युनिट खडा गरेको छ । दिनभर त्यस्ता सवारी साधन रोकिने भए पनि रातको समयमा जिल्लाको आदेश भन्दै प्रहरीले छाड्ने गरेको हिरापानीका स्थानीय टंकबहादुर कार्कीले बताए । ‘एसपी सापकै सेटिङमा पैसा दिए रातको समयमा ट्रकहरु छाडिन्छन् । नत्र भए दिनभर रोकिएका ट्रकहरु रात सकेर उज्यालो हुँदा रोकिएका ठाउँमा हुँदैनन् । ति ट्रकहरु कहाँ जान्छन् ?,’ उनले उल्टो प्रश्न गरे ।
रातको समयमा अन्य ट्रकहरु सञ्चालन हुने गरेको भन्दै आफुहरुले पनि ट्रकमा लोड भएका सामग्रीको तौल नापेर सर्वोच्चको आदेश अनुसारको क्षमता बोक्न पाउनु पर्ने माग गर्दै ट्रक व्यवसायी आन्दोलित समेत भएका छन् । ‘प्रहरीले पैसा लिएर अरु ट्रक छाड्ने हाम्रो किन रोक्ने हाम्रो पनि चल्न पाउनु पर्छ,’ट्रक व्यवसायि संघ सिन्धुलीका अध्यक्ष दिपक दाहालले भने ।
ट्रकमात्र हैन विपी राजमार्गमा रातको समयमा अन्य सवारी साधनलाई समेत सञ्चालनमा रोक लगाईदै आएको छ । ना४ख ५५१४ नम्बरको ट्रकमा ट्रकभरी सामान लोड गरेर तराईबाट आएको भए पनि ट्रकका साहुसंग सिन्धुलीमाढीमै पैसाको मोलमोलाई भएपछि एसपी सापले काठमाण्डौंबाटै छाड्न आदेश दिएपछि वीपी राजमार्ग हुँदै काभ्रेमा गाई गोरु लिन गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमै कार्यरत एक प्रहरीले खुलासा गरे ।
यति मात्र हैन प्रहरी र व्यवसायिको मिलेमतोमा वीपी राजमार्गमा दैनिक रुपमा अबैध सामानको ओसार पसार समेत हुने गरेको तथ्य बाहिर आएको छ । प्रहरीकै सेटिङमा सुन, काठ, खाद्यान्न, लत्ताकपडा, गाई गोरु, भैसी लगायतका सामग्री र वस्तु भारतबाट राजस्व छली गर्दै काठमाण्डौं पु¥याउने र तराई झार्ने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकै एक प्रहरी जवानले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।
‘काकडभिट्टाबाट आउने हायसमा लुकाई छिपाई दुई दिनसम्म झण्डै ५ लाख रुपैयाँ बढीको राजस्व छली गरी भारतबाट ल्याइएको कपडा सुराकीका आधारमा नियनत्रणमा लिएको भए पनि प्रहरी प्रमुखकै आदेशमा छाडिएको छ,’ उनले भने । प्रहरीकै सेटिङमा सर्लाहीका कपडा व्यापारी दिनेश यादवले दैनिक अबैध कपडा रातको समयमा काठमाण्डौं सप्लाई गर्ने गरेको समेत प्रहरीबाटै सुचना प्राप्त भएको छ ।
उता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी यादव जिल्लामा इन्चार्ज भएर आए लगतै विपी राजमार्गमा सबै प्रहरी विटहरुमा आफु अनुकुलका प्रहरीलाई मात्र इन्चार्ज बनाएर पठाएको समेत आरोप छ ।
यस विषयमा बुझ्दा एसपी यादवले सर्वोच्चको आदेशको आफुहरुले पूर्ण रुपमा कार्यान्वयन गरेको दावी गरे । सम्बन्धित निकायबाट अनुमति लिएर आउनेट्रक मात्र छाड्ने गरेको भए पनि अन्य विषयमा प्रहरीमाथी लागेको आरोपको कुनै सत्यता नभएको समेत उनले दावी गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अन्तक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

Next Post

बालविवाह गरि बलात्कार गर्नेलाई आठवर्ष ३ महिना कैद फैसला

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied