सिन्धुली,१९असार । लागु पदार्थ दुव्र्यसन सम्बन्धि अन्तक्रिया तथा सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
समाज उत्थान नेपाल सिन्धुलीको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय सिन्धुलीको सहयोगमा लागु पदार्थ दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले लागु पदार्थ दुव्र्यसनलाई न्युनिकरणका लागि कमलामाई नगरपालिकाकाले योजना बनाएर काम गर्ने बताए । लागु पदार्थ सेवनको प्रमुख कारण भनेको बेरोजगारी रहेकाले बेरोजगारी समस्या समाधान गर्नका लागि उद्योग स्थापनामा जोड दिने उनको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संजय कुमार दाहालले सिन्धुलीमा लागु पदार्थ दुव्र्यसनीको अवस्था भयावह रहेको बताए । जनचेतना तथा रोजगारीको सिर्जना गरी लागुपदार्थ दुव्र्यसनीलाई न्यूनिकरण गर्न सकिने उनको भनाइ छ ।
समाज उत्थान नेपाल सिन्धुलीका अध्यक्ष रमेश भुजेलको अध्यक्षता, कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आतिथ्यतामा तथा जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संजय कुमार दाहाल र जिल्ला समन्वय समिति सिन्धुलीका वरिष्ठ सामाजिक विकास अधिकृत सागर कुमार ढकालको विशिष्ट आतिथ्तामा सम्पन्न कार्यक्रममा गैर सरकारी सस्था महासंघ सिन्धुलीका अध्यक्ष देवराज दाहाल, विभिन्न संगठनका विद्यार्थी नेताहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
लागु पदार्थ दुव्र्यसन सम्बन्धि सचेतना कार्यक्रमको जिल्ला समन्वय समिति सिन्धुलीका वरिष्ठ सामाजिक विकास अधिकृत सागर कुमार ढकाल तथा जिल्ला प्रहरी कार्यालयल सिन्धुलीका प्रहरी निरिक्षक शोभा पाण्डेले स्लाइड प्रस्तुतीकरणको माध्यमबाट सहजिकरण गरेका थिए ।






















