सिन्धुली । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुलीले आइतबार सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री तथा कोभिडका विरामीलाई पढ्नका लागि पुस्तक सहयोग गरेको छ ।
‘स्वास्थ्य संस्थासँग नेवि संघ’ अभियान अन्तर्गत स्वास्थ्य सामग्री र पुस्तक सिन्धुली अस्पताललाई सहयोग गरेको हो ।
आइतबार नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालको उपस्थितिमा २ हजार थान मास्क, १ सय थान डिटोल साबुन, ५५ लिटर स्यानिटाइजर, ८० थान इतिहास, साहित्य र रोमाञ्चित किताब सहयोग गरिएको नेवि संघ सिन्धुलीका सभापति उत्पल खड्काले बताएका छन ।
यस्तै सिन्धुलीको ब्लड बैंकलाई ३ सय थान मास्क, १० लिटर स्यानिटाइजर,२ कार्टुन फ्रुटी, ३६ वटा साबुन हस्तान्तरण गरिएको छ ।
























