सिन्धुली । जिल्लाका नौ वटा स्थानीय तहलाई नेपाल सरकारले ३ अर्व ५६ करोड २३ लाख बजेट विनियोजन गरेको छ । सरकारले शनिबार ल्याएको बजेटमा गत वर्षको तुलनामा जिल्लाका स्थानीय तहलाई २८ करोड ८६ लाख बजेट बढाएर ल्याएको हो । गत वर्ष जिल्लामा ३ अर्व २७ करोड ३७ लाख बजेट विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि सबै स्थानीय तहमा बजेट बढेको हो । आर्थिक वर्ष २०७८÷०७९ मा सरकारले कमलामाई नगरपालिकालाई ६६ करोड २५ लाख रुपैयाँ, दुधौली नगरपालिकालाई ६० करोड ४० लाख, गोलन्जोर गाउँपालिकाका लागि ३० करोड ७ लाख, घ्याङ्लेख गाउँपालिकाका लागि २२ करोड ८३ लाख, तीनपाटन गाउँपालिकाका लागि ४९ करोड ५४ लाख, फिक्कल गाउँपालिकाका लागि २९ करोड २० लाख, मरिण गाउँपालिकाका लागि ३१ करोड ४५ लाख, सुनकोशी गाउँपालिकाका लागि ३५ करोड १० लाख र हरिहरपूरगढी गाउँपालिकाका लागि ३१ करोड २९ लाख बजेट व्यवस्था गरेको छ ।
गत वर्षको तुलनामा कमलामाई नगरपालिकामा १ करोड ९१ लाख बढी हो । गत वर्ष ६४ करोड ३४ लाख विनियोजन भएको थियो ।
त्यस्तै दुधौली नगरपालिकामा गत वर्ष भन्दा यो वर्ष ६ करोड ३५ लाख वढी बजेट आएको छ । दुधौलीमा गत वर्ष ५४ करोड पाँच लाख बजेट विनियोजन भएको थियो ।
गत वर्ष तीनपाटन गाउँपालिकालाई ४४ करोड २० लाख, सुनकोशी गाउँपालिकामा ३२ करोड ९२ लाख, गोलञ्जोर गाउँपालिकामा २८ करोड ६२ लाख, मरिण गाउँपालिकामा २८ करोड २६ लाख, हरिहरपुरगढी गाउँपालिकामा २७ करोड ८६ लाख, फिक्कल गाउँपालिकामा २७ करोड ९५ लाख, घ्याङलेख गाउँपालिकामा १९ करोड १७ लाख रुपैयाँ विनियोजन भएको थियो ।




















