सिन्धुली । शुक्रबार जिल्लामा अत्यधिक कोरोना संक्रमित भेटिएका छन । दुई पटकमा आएको परिक्षण रिपोर्टमा ९९ जना नयाँ संक्रमित भेटिएको सिन्धुली अस्पतालले जनाएको छ ।
शुक्रबार विहान ६२ जना नयाँ संक्रमित देखिएकामा दिउँसो ३७ जना थप भएका हुन । पछिल्लो ३७ जना संक्रमित तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाका रहेका छन ।
७६ जनाको परिक्षण गर्दा तिनपाटनमा १२ जना र मरिण गाउँपालिकामा २५ जनामा संक्रमण देखिएको हो । शुक्रबार परिक्षण गरिएका २०९ जनामा ९९ जनामा संक्रमण देखिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएका छन । नयाँ भेरियन्टको कोरोना संक्रमण जिल्लामा २ सय ६२ जनामा देखिएको छ ।
संक्रमणका कारण यो वर्ष ३ जनाले ज्यान गुमाएका छन । हालसम्म जिल्लामा ६ जनाले कोरोना जितेका छन भने १० जना अस्पताल र अन्य होम आइसोलेसनमा उपचाररत छन ।




















